शनिबार, कात्तिक २९, २०८२

६ स्वर्ण होल्ड गर्ने प्याराग्लाइडिङ अन्योलमा

दुर्घटना भएको केही समयमा नै नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ वटा स्वर्णपदक होल्ड गर्ने प्याराग्लाइडिङ खेल गत शनिबारको दुर्घटनापश्चात् अनिर्णीत बनेको छ। 

National life

दुर्घटना भएको केही समयमा नै नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो।

क्यानको यो निर्णयप्रति राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङदेखि प्याराग्लाइडिङ सम्बद्ध निजी व्यवसायीले क्यानको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको क्यान र युवा तथा खेलकुद मन्त्रालय मातहतको राखेपबीच असमञ्जसयताको स्थिति पैदा हुँदा यस खेलबारे अब के हुन्छ? भन्ने निर्णयमा दुई विभागीय मन्त्रालय आमनेसामने भएका छन्। मंगलबार पनि प्याराग्लाइडिङ खेलको बारेमा कुनै थप निर्णय हुन सकेन।

यही अनिश्चयका बीच प्याराग्लाइडिङ खेलमा अब नेपाली आकाशको हवाई सुरक्षा प्रतिवेदन पनि जोडिन पुगेको छ। नेपालको हवाई उड्डयन क्षेत्रबारे इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात् नेपालको समग्र हवाई सुरक्षाबारे गत असोज २१ देखि २३ गतेसम्म अडिट गरेको थियो।

Laxmi sunrise bank
kumari

तीन सदस्यीय टोलीले गरेको उक्त अडिट कात्तिक ११ गते नेपाललाई बुझाउने कार्यक्रम छ। उक्त प्रतिवेदन पश्चात् नागरिक उड्डयन प्राधिकरणले जवाफ दिनेछ।

इयूले नेपाली आकाशलाई विगत १० वर्षदेखि ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ। जसका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय वायुयानले युरोपमा उडान भर्न पाएका छैनन्। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् तर, युरोपका जहाजले नेपालको आकाश सहजरूपमा प्रयोग गर्न पाउने गरेका छन्।

नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो।

इयूले नेपाली आकाशलाई उड्डयन सुरक्षा सूचीबाट हटाउन यो प्रतिवेदन महत्त्वपूर्ण रहेको क्यानका पदाधिकारीले बताउँदै आएका छन्।

अडिट भएको र प्रतिवेदन आइनसकेको अवस्थामा गत सोमबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल आर्मीका खेलाडी निसिम थापाको ज्यान गएको थियो।

अर्कातर्फ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको र उडान सुरु भएपछि सराङकोटबाट उडान भर्ने प्याराग्लाइडिङ व्यवसायलाई जनवरी १ भित्रै विकल्प खोज्न भनेर क्यानले यसअघि नै पत्राचार गरिसकेको छ।

प्राधिकरणले बाँकी रहेका बाह्य काम सकिएमा आगामी जनवरी १ बाटै यहाँको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ।

नेपाली आकाश सुरक्षासूचीबाट हट्ने, पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने र उडानमा बाधक देखिएको प्याराग्लाइडिङलाई विकल्प खोज्न भनेर मिति तोकिदिँदा शनिवारको घटनापश्चात् प्याराग्लाइडिङ अकस्मात् बन्द गर्ने क्यानको निर्णय पनि हवाई सुरक्षाको प्रतिवेदनसँग जोडिने एक पदाधिकारी बताउँछन्।

प्याराग्लाइडिङ प्रतियोगिता नै अन्योलमा परेपछि यसकै बारेमा छलफल गर्न भनेर नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र राउत तथा नेपाल हवाई खेलकुद संस्था (ना) का पदाधिकारी काठमाडौं पुगेका छन्।

उनीहरूले क्यानका महानिर्देशन प्रदीप अधिकारीसँग छलफल गर्ने र प्रतियोगिता तथा समग्र प्याराग्लाइडिङको बारेमा विकल्प छलफलको माध्यमबाट खोजिने बताएका छन्।

महासचिव राउत भन्छन्, 'भोलि ११ बजे महानिर्देशकसहित बैठक बस्नेछौँ। सबैको जीत हुनेगरि निकास निस्किनेमा आशावादी छौं।'

उनका अनुसार एक/दुई दिनभित्रै प्याराग्लाइडिङ उडानको सम्भावना भने छैन। क्यानका पदाधिकारीले नेपाली आकाशको हवाई सुरक्षाबारेमा अडिट गरेका हुँदा थप दुर्घटना हुन नदिऊँ भन्ने मनसाय व्यक्त गरेको उनले बताए।

'उहाँहरूको कुरा बुझ्दा इयूको टोलीले भर्खरै अडिट गरेको रहेछ। नेपालको हवाई सुरक्षालाई ब्ल्याक लिस्टबाट हटाउने कुरा भएको छ। थप दुर्घटना क्षति हुन नदिऊँ। तपाइहरू विचार गर्नुहोस्, हामीले पनि गर्छौँ भन्नुभएको छ,' राउतले भने, 'एक दुइवटा मापदण्ड अपनाउने र सुरक्षाका विषयमा छलफल हुन्छ।' क्यानले जतिसक्दो सेफ्टी मेजर अपनाउन जोड दिएको उनले बताए।

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले नियामक निकाय नै क्यान रहेको हुँदा महानिर्देशकलाई भेट्ने र निकास खोजिने बताए।

'क्यान नियामक निकाय हो। क्यानले गाँठो फुकाउला। भएन भने अब मन्त्रीज्यूसँग नै जाने होला,' उनले भने।

क्यानका प्रवक्ता जगन्नाथ निरौला चाहिँ प्याराग्लाइडिङ रोकिनुमा हवाई सुरक्षाको प्रतिवेदन जोडिएको स्वीकार गर्दैनन्।

'इयू, आइकाओलाई फरक पार्दैन, पोखरामा विमानस्थल सञ्चालन गर्दा चाहिँ डिस्टर्ब हुन्छ भनेर सार्ने भनिएको छ। तर, सोमबारको दुर्घटनाको कारणले चाहिँ होइन,' उनले भने, 'यसमा केही कमजोरीहरू छन् कि भनेर अध्ययन गर्नको लागि हो।' मंगलबार महानिर्देशकसँग हुने छलफलपश्चात् थप निर्णय हुने उनले जानकारी दिए।

प्रकाशित: Oct 19, 2022| 08:30 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।