शनिबार, कात्तिक २९, २०८२

पौडीमा दुवालाई नै ९ स्वर्ण, २० स्वर्णसहित आर्मी पहिलो

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेलमा मंगलबार सबै प्रतियोगीता सकिएका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

कास्की- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेलमा मंगलबार सबै प्रतियोगीता सकिएका छन्। 

National life

असोज २९ गते सञ्चालन भएको पौडी प्रतियोगीतामा मंगलबार बिहान भएको हिट चरणको पौडी खेलमा नेपाल आर्मीका एलेकजेण्डर शाहाले ५० मिटर फ्रि स्टाइलमा आफ्नै रेकर्ड व्रेक गरेका छन्।

पोखराको फिस्टेल एकेडेमीमा भएको पौडी खेलमा यसअघिको उनकै नाममा रहेको २३:९० सेकेण्डको रेकर्ड तोड्दै २३:५७ बनाएका छन्।

मंगलबार बिहान भएको हिट २ सय मिटर फ्रलाई पौडीमा एनआरएनका आशिष थापाले यसअघि रहेको एन आरएनका नाम्चे दोर्जे लामाको नाममा रहेको २ मिनेट १८:१० मिनेटको रेडर्कलाई तोका छन्। निर्धारीत दुरी थापाले २ मिनेट १६ दशमलव ४३ सकेन्ड मा पुरा गरेका थिए।

मंगलबार साझ भएको ४ सय मिटर फाइनल इभेन्टमा इनआरएनका आसिस थापाले ४ मिनेट ३५ दशमलव ३६ रेकर्ड बनाएका छन्। उनले प्रारम्भीक समय ४ मिनेछ ५८दशमलव ३९ सकेन्ड रहेको थियो।

Laxmi sunrise bank
kumari

सय मिटर व्याक्स्ट्रोकमा नेपाल आर्मीकी दुवाना लामाले प्रारम्भीक समय १ मिनेट १७ दशमलव ७६ सकेन्ड रहेको मा सुधार गर्दै १ मनेट १६ दशमलव ६३ समय दुरी पुरा गरिन्।

सय मिटर पुरुष व्यास्ट्रोक  पौडीमा प्रदेश १ का विकास कुमालले प्रारम्भीक समय १ मनेट ०८ दशमलव ८६ को दुरीलाई १ मिनेट ०७ दशमलव ९३ मा दुरी पुरा गर्दै स्वर्ण पदक जितेका छन्।

२ सय मिटर वटरफलाई  पुरुष पौडीमा एनआरएनका आशिष साप्कोटाले प्रारम्भीक दुरी २ मिनेट १६ दशमलव ४३ रेकर्डलाई तोड्दै १ मिनेट ०७ दशमलव ९३ मा निर्धारीत दुरी पुरा गरेका थिए। पोखरामा भएका पौडीका ३५ इभेन्टहरु सञ्चालन भएका थिए।

३५ इभेन्टका पौडी प्रतियोगीतामा आर्मी क्लवले सवै भन्दा धेरै २० स्वर्ण ९ रजत र ७ कास्य सहत ३६ पदक जित्दै पहिलो बनेको छ।

खेलमा एनआरएन ले ९ स्वर्ण ६ रजत र १ कास्यसहित कुल १६ पदक सहित दोसो बनेको छ।

पौडीमा एपिएफ तेस्रो बनेको छ। ३ स्वर्ण ४ रजत र ६ कास्य सहित १३ पदक हात पारेको छ। प्रदेश १ ले २ स्वर्ण ४ रजत र १ कास्य प्राप्त गरेको छ। नेपाल पुलिस क्लवले १ स्वर्ण ८ रजत र १० कास्य प्राप्त गरेको छ। बागमती प्रदेशले ४ रजत र १० कास्य प्राप्त गरेको छ।

प्रकाशित: Oct 19, 2022| 08:20 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।