शनिबार, कात्तिक २९, २०८२

डेब्युमै पुलिसले जित्यो महिला क्रिकेटमा स्वर्णपदक

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले अर्को विभागीय क्लब एपीएफलाई पाँच रनले पराजित गर्दै स्वर्णपदक जितेको हो।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा नेपाल पुलिसले डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले अर्को विभागीय क्लब एपीएफलाई पाँच रनले पराजित गर्दै स्वर्णपदक जितेको हो। 

National life

टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८९  रन बनाएको थियो। पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन्।

त्यस्तै सम्झना खड्काले २१ रन, कविता जोशीले नटआउट १३ रनको योगदान गर्दा कविता कुँवरले ११ रन बनाइन्। एपिएफका लागि नेरी थापा, इन्दु वर्मा र कप्तान सिता रानामगरले एक एक विकेट लिइन्। 

९० रन पछ्याएको एपिएफले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८४ रन मात्र बनायो। एपिएफका लागि रोमा थापाले सर्वाधिक २६ रन बनाउँदा राजमति ऐरिले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। पुलिसलई जित दिलाउन इश्वरी विष्टले दुई तथा रुबिना क्षेत्री, सगिंता राई र हिरनमयी रोयले एक एक विकेट लिइन्।

यस्तै आज तेस्रो स्थानको लागि भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गर्दै काश्य पदक जितेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 18, 2022| 22:28 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।