शनिबार, कात्तिक २९, २०८२

आर्चरी : स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ।

National life

गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रन्जु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन्। सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्‍यो।

महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्‍यो। सेनाका सरद बि.क., सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन्। प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए।

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो। सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन्। यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो।

रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पार्‍यो। एपिएफले कास्य पदक प्राप्त गर्‍यो। यसैगरि कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त गर्‍यो। एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त गर्‍यो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 18, 2022| 22:25 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।