शनिबार, कात्तिक २९, २०८२

साइक्लिङमा उषा र सुरजलाई स्वर्ण

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक-एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

पोखरा- गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक-एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ।

National life

पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दूरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन्।

त्यस्तै उक्त दुरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जितेकी छन्। त्यसैगरि ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कास्य जित्न सफल भइन्।

आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ। २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण पदक जित्न सफल भएका छन्।

त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते। त्यसैगरि ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन्।

Laxmi sunrise bank
kumari

सात प्रदेश र तीन विभागिय गरि दश टिमको सहभागिता रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ। अब बुधबार रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ÷ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: Oct 18, 2022| 22:23 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।