शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भर्जिनल्यान्डमा राजधानी सार्नेसँग मतदाताले बदला लिनुपर्छ : गृहमन्त्री खाण

भर्जिनल्यान्डमा राजधानी सार्नेसँग मतदाताले बदला लिनुपर्छ : गृहमन्त्री खाण

राजधानीका विषयमा एमालेले गरेको प्रतिबद्धता पूरा नगरेकाले अब बदला लिने बेला आएको उनको टिप्पणी छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

बुटवल- गृहमन्त्री बालकृष्ण खाँणले ‘भर्जिनल्यान्ड’मा लुम्बिनीको राजधानी सार्नेहरुलाई रुपन्देहीबासीले चुनावमा 'बाईबाई' गर्नुपर्ने बताएका छन्। रुपन्देही-३ मा गठबन्धन (कांग्रेस)बाट प्रतिनिधिसभा उम्मेदवार खाणले मंगलबार बुटवल-१६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै यस्तो बताएका हुन्। 

National life

नेकपा एमाले नेतृत्वको प्रदेश सरकारले प्रदेशको राजधानी दाङमा सारेको भन्दै खाणले असन्तुष्टि व्यक्त गरेका हुन्। राजधानीका विषयमा एमालेले गरेको प्रतिबद्धता पूरा नगरेकाले अब बदला लिने बेला आएको उनको टिप्पणी छ। सुविधासम्पन्न स्थान बुटवलबाट स्थायी राजधानी अन्यत्र सारेर एमालेले गलत गरेको उनको भनाइ थियो। 

‘अन्तर्राष्ट्रिय विमानस्थल यहीँ छ, सुविधासम्पन्न सडक छन्, अन्तर्राष्ट्रिय पर्यटकीय स्थल पनि यहीँ छ,’ उनले भने, ‘यस्तो सुविधासम्पन्न ठाउँमा तोकिएको राजधानी सार्नेलाई यसपालि मतदाताले सोध्नुपर्नेछ।’ उनले सबै दल र नेताहरुको सहमतिमा तत्कालीन समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवललाई अस्थायी राजधानी तोक्ने निर्णय गरेको बताए। 

मन्त्री खाणले उपयुक्त विकल्प र व्यवस्थापन बिना सुकुम्बासी नागरिकका घरटहरा भत्काउन र उनीहरुलाई बसिरहेको ठाउँबाट हटाउन नहुने धारणा राखेका थिए। सुकुम्बासी अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरु त्यस्तै अवस्थामा बस्न पाउनुपर्नेमा उनको जोड छ। देशका केही पालिकाले महत्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्बासी नागरिकका घरटहरा भत्काएपछि गृहमन्त्री खाणको यस्तो धारणा आएको हो। ‘मैले गृह प्रशासनलाई घरटहरा भत्काउने र अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको छु,' उनले भने।

खाणले बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र निर्माण सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै त्यो आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्ने बताए।

Laxmi sunrise bank
kumari

विगतमा नेकपाको सरकारले जनताले पाँच वर्षका लागि दिएको बहुमत पनि टिकाउन नसकेर प्रतिगमनमा अग्रसर भएकाले अब गठबन्धनलाई जिताउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: Oct 18, 2022| 20:12 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।