शनिबार, कात्तिक २९, २०८२

नवौं राष्ट्रिय खेलकुद : १६० पदकसहित आर्मीको अग्रता

गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ। प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३० स्वर्ण, २४ रजत र ३७ कांस्य पदकसहित ९१ पदक हात पारेको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ। 

National life

गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ। प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३० स्वर्ण, २४ रजत र ३७ कांस्य पदकसहित ९१ पदक हात पारेको छ।

त्यस्तै अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदकसहित कूल एक सय दुई पदक हात पारेको छ। प्रतियोगितामा बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदकसहित ५३ पदक हात पारेको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, तीन रजत र १६ कांस्यसहित २६ पदक, एनआरएनएले छ स्वर्ण, छ रजत र चार कांस्यसहित १६ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, पाँच रजत र १४ कांस्य पदकसहित २४ पदक तथा प्रदेश १ ले तीन स्वर्ण १४ रजत र ३० कांस्यसहित ४७ पदक जितेका छन्।

लुम्बिनी प्रदेशले दुई स्वर्ण, १२ रजत र १७ कांस्यसहित ३१ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र तीन कांस्यपदक सहित पाँच पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताअन्तर्गतका खेल जारी छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 18, 2022| 20:20 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।