आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–नाग्म खण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ।
 |  मंगलबार, कात्तिक १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ।

triton college

सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड आज खुलेको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनाँै स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए। 

'सडक क्षेत्रमा असोज २२ गतेदेखि दुई इन्जिनियर, तीन सब–इन्जिनियर, सात सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटेका थिए,' उनले भने, 'दिनरात खटेर काम गर्दा आज सडक खोल्न सफल भएका छौँ।' राजमार्ग बन्दका कारण तेल अभावले काममा ढिलाइ भएको डिभिजन प्रमुख श्रेष्ठले बताए।

कर्णाली राजमार्गको सर्वपक्षीय अनुगमन

बाढी र पहिराले क्षतिग्रस्त कर्णाली राजमार्गको अनुगमन गरिएको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी, डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठ, राष्ट्रिय मानवअधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही, सुरक्षा निकायका प्रमुखसहित पत्रकार महासङ्घको संयुक्त टोलीले जुम्लादेखि कालीकोटको भिग्मसम्मको राजमार्गको अवस्था अनुगमन गरेको छ। 

Metro Mart
vianet

राजमार्गको स्थलगत अनुगमनमा पुग्नुभएका समन्वय समितिका प्रमुख आचार्यले अहिलेलाई सडक सुचारु भए पनि पहिराको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी केशरीले राजमार्गको दिगो सञ्चालनमा सबैको सहयोग आवश्यक रहेकोप्रति जोड दिए। 

कर्णाली राजमार्गमा खटिएका सडक डिभिजन कार्यालय जुम्लाका सब–इन्जिनियर गोविन्द अधिकारीले कालीकोटको पिलीदेखि सेरावाडासम्म काम सकेर गाडी पुगेको बताए। उनका अनुसार सेरावाडादेखि नाग्मसम्मको करिब ३० किलोमिटर सडक क्षतिग्रस्त हुँदा सुचारु गर्न सबैभन्दा कठिन छ। धनाडादेखि नाग्मसम्म मात्रै करिब १५ स्थानमा ठूला ढुङ्गा विष्फोटन गर्नुपर्ने अवस्था रहेको सब–इन्जिनियर अधिकारीले बताए। 

प्रकाशित: Oct 18, 2022| 22:50 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।