शनिबार, कात्तिक २९, २०८२

कुस्ती : आर्मी र सुदूरपश्चिमले बाँडे महिलाका सबै स्वर्ण

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पुरुषतर्फको ४ स्वर्ण पदक जितेको छ। महिला र पुरुष दुवैतर्फ गरी १०–१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा एपीएफले चार स्वर्ण जितेको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा महिलातर्फका स्वर्ण पदक विभागिय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले मात्र जितेका छन्। नेपाल आर्मी र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच वटा स्वर्ण पदक जितेका हुन्।

National life

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पुरुषतर्फको ४ स्वर्ण पदक जितेको छ। महिला र पुरुष दुवैतर्फ गरी १०–१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा एपीएफले चार स्वर्ण जितेको हो।

विभागीय टिम नेपाली सेनाका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते।

त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५  केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जिते।

पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ स्वर्ण, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १–१ स्वर्ण पदक जितेका छन्।

Laxmi sunrise bank
kumari

विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते।

कुस्तीमा मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा विभागीय टिम नेपाली सेनाका लागि ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे। त्यस्तै, लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे।

कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो। ७ प्रदेश र तीन विभागिय टिम सशस्त्र, आर्मी, पुलिस गरि कुस्तीमा १० वटा टिमको सहभागिता रहेको थियो।


प्रकाशित: Oct 19, 2022| 06:00 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।