मंगलबार, फागुन १९, २०८२

ब्लिच : खुल्लामा जैसवाल र महिलामा लोहनीलाई स्वर्ण

खुल्ला ब्लिच चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला ब्लिच चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

kumari

गोरखा- नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला ब्लिच चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला ब्लिच चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन्। प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न ब्लिच चरणको खेलमा जैसवाल कुल ९ खेलमध्ये ८ खेलमा जित र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकका साथ स्वर्ण पदक हात पार्न सफल भएका हुन्। 

खुल्ला ब्लिचमा नेपाल पुलिसका क्षितिज भण्डारीले दोस्रो हुँदै रजत पदक पाएका छन्। त्रिभुवन आर्मीका सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जिते। नेपाल पुलिसका भण्डारीले कुल ९ खेलमा ७ जित, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक प्राप्त गरेका थिए। आर्मीका मर्हजनले ९ खेलमा ६ जित, २ हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भए। उनले ६.५ अंक प्राप्त गरेका थिए। 

प्रतियोगिताको महिलातर्फको ब्लिच इभेन्टमा आर्मीकी सुजना लोहनीले ९ खेलमा ९ ओटै खेल जितेर ९ अंकका साथ स्वर्ण जित्न सफल भइन्। प्रतियोगितामा नेपाल पुलिसकी पूर्णिमा गुरुङले ८ खेलमा जित र एक खेलमा हार व्यर्होदै कुल ८ अंकका साथ कास्य पदक हात पारिन्। प्रतियोगितामा आर्मीकी सिन्दिरा जोशीले ९ खेलमा ६ खेल जित्दै ६ अंकका कास्य पदक हात पार्न सफल भइन्। 

प्रकाशित: Oct 18, 2022| 19:29 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।