आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला फुटबलबाट बाहिरियो आर्मी, स्वर्णका पुलिस र एपीएफबीच भिडन्त

महिला फुटबलबाट बाहिरियो आर्मी, स्वर्णका पुलिस र एपीएफबीच भिडन्त

मंगलबार भएको दोस्रो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो। दोस्रो हाफको ५६औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले गरेको गोल नै निर्णायक बन्न पुग्यो।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

वालिङ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार स्याङ्जाको वालिङमा भएको महिला फुटबल प्रतियोगितामा सेमीफाइनल खेल सकिएका छन्। मंगलबार भएको दोस्रो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो। दोस्रो हाफको ५६औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

National life

मंगलबारको पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३-० को गोल अन्तरले पराजित गर्दै जित निकालेको हो।

खेलको १३औँ मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन्। लगत्तै खेलको १९औँ मिनेटमा निर्मला विकले दोस्रो गोल गरिन् भने ८०औँ मिनेटमा निर्मला उपाध्यले तेस्रो गोल गर्दै पुलिसको जित सुनिश्चित गरिन्।

फाइनल खेल बिहीबार बिहान ९ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: Oct 18, 2022| 19:22 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।