आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • शानदार जितसँगै फाइनल पुग्यो एपीएफ, स्वर्णका लागि आर्मीसँग प्रतिस्पर्धा

शानदार जितसँगै फाइनल पुग्यो एपीएफ, स्वर्णका लागि आर्मीसँग प्रतिस्पर्धा

मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको सेमिफाइनल खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन्। मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको सेमिफाइनल खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो। गण्डकी प्रदेशलाई १–० ले हराउँदे आर्मी फाइनलमा प्रवेश गरिसकेको छ। 

National life

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो। 

आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो। आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो। 

उता दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदुरपश्चिम सम्हालिन नसक्दा ठूलो हार व्यहोरेको हो। एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १,विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे। सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे। 

एपीएफ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदुरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो।प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहिबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ। 

Laxmi sunrise bank
kumari

बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिम बीच पहिलो खेल हुनेछ। प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो। ७ प्रदेश सहित ३ विभागिय र १ एनआरएनको सहभागिता रहेको थियो।

प्रकाशित: Oct 18, 2022| 19:14 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।