आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जित्यो १६० पदक, कसले कति जिते?

नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जित्यो १६० पदक, कसले कति जिते?

हालसम्म ६१९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदक सहित कुल १६० पदक हात पारेको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

पोखरा- गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ। हालसम्म ६१९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदक सहित कुल १६० पदक हात पारेको छ। दोस्रो स्थानमा अर्को विभागीय टिम नेपाल पुलिस क्लब छ। पुलिसले ३० स्वर्ण, २४ रजत र ३७ कास्यपदक सहित ९१ पदक जितेको छ।

National life

अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ काँस्य पदकसहित कुल १०२ पदक हात परेको छ। यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कास्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदक सहित ५३ पदक आफ्नो पोल्टामा पारेको छ।

यता सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत, १६ कास्य सहित २६ पदक, एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्यसहित १६ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कास्य पदक सहित २४ पदक, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० कास्य सहित ४७ पदक जितेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कास्यसहित ३१  र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ३ कास्यसहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तर्गतका खेल सकिएका छैनन्। 

प्रकाशित: Oct 18, 2022| 19:08 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।