आइतबार, कात्तिक ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। 

सत्तापक्षका तर्फबाट सांसद लिला गिरीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। गिरी एमालेका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री हुन्। उक्त रिटको प्रारम्भिक सुनुवाइको लागि भोलि मंगलबारलाई पेशी तोकिएको छ । 

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र प्रदेश सभाको विशेष अधिवेशन रोक्नुपर्ने सत्तारुढ दल एमालेको माग छ। यही साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित: Aug 09, 2021| 17:49 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...