शुक्रबार, वैशाख ७, २०८१

मोरङ ३ : रेखाको चर्चाबीच ‌ओझेलमा परेका ढकाल र शर्मा

निर्वाचन नजिकिँदै गएपछि भानुभक्त र सुनिलले निर्वाचन क्षेत्रमा गतिविधि बढाउन शुरु गरे। उनीहरुसँगै राप्रपाको उम्मेदवार बनेर कलाकार रेखा थापा आइन्। क्षेत्र नं. ३ मा ढकाल, शर्मा र थापाले सँगसँगै चुनाव प्रचार, भेटघाटका कार्यक्रमलाई निरन्तरता दिएका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, कात्तिक २, २०७९

विराटनगर– मोरङमा एमालेको सबैभन्दा राम्रो संगठन भएको क्षेत्र मोरङ–३ हो। संगठन राम्रो भएकाले निर्वाचनमा सहजै परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भनेर ०७४ मा एमाले नेता भानुभक्त ढकालले क्षेत्र नं. ३ रोजे। त्यसअघि तेह्रथुमबाट राजनीति गर्दै आएका ढकाल सोही ठाउँबाट समानुपातिक सांसद बनेका थिए।

triton college

संगठन राम्रो भएको र माओवादीसँगको गठबन्धनका कारण सहजै जित्ने क्षेत्रका रुपमा आकलन गरिए पनि ढकालले अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार डा. सुनिल शर्मालाई १ हजार ९०५ मतान्तरले मात्रै पराजित गरे। नोेवेल मेडिकल कलेज सञ्चालक समेत रहेका डा. शर्मा सामु ढकाल कमजोर देखिएका थिए। ५ वर्षपछि घटनाक्रम फेरिएको छ। माओवादीको साथ यसपटक उनलाई छैन भने एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले पनि उनी विरुद्ध मतदान गर्ने छ। 

निर्वाचनपछिका ५ वर्षमा ढकाल र शर्माले क्षेत्रमा उल्लेखनिय सुधार नगरेको स्थानीयबासीको भनाइ छ। अघिल्लो निर्वाचनमा पनि नोवेल मेडिकल कलेजबाट निःशुल्क स्वास्थ्य शिविर गरेर मत तान्ने प्रयास गरेका शर्माले क्षेत्र नं. ३ का जनताको उपचारमा छुटको स्किम यसपटक पनि ल्याएका छन्। अघिल्लो प्रतिनिधिसभामा निर्वाचित ढकाल पुनः बाजी मार्ने योजनमा छन्। निर्वाचनपछि ढकाल मन्त्री बने। डा. शर्मा कांग्रेसको राजनीतिसँगै मेडिकल सञ्चालनमै रहे। निर्वाचन नजिकिँदै गएपछि पुनः ढकाल र शर्माले निर्वाचन क्षेत्रमा गतिविधि बढाउन शुरु गरे। उनीहरुसँगै राप्रपाको उम्मेदवार बनेर कलाकार रेखा थापा आइन्। क्षेत्र नं. ३ मा ढकाल, शर्मा र थापाले सँगसँगै चुनाव प्रचार, भेटघाटका कार्यक्रमलाई निरन्तरता दिएका छन्। 

निर्वाचन नजिकिँदै गएपछि भानुभक्त र सुनिलले निर्वाचन क्षेत्रमा गतिविधि बढाउन शुरु गरे। उनीहरुसँगै राप्रपाको उम्मेदवार बनेर कलाकार रेखा थापा आइन्। क्षेत्र नं. ३ मा ढकाल, शर्मा र थापाले सँगसँगै चुनाव प्रचार, भेटघाटका कार्यक्रमलाई निरन्तरता दिएका छन्। 

एमाले र कांग्रेसको तुलनामा कमजोर संगठन भएको राप्रपाको उम्मेदवारका कारण क्षेत्र नं. ३ चुनावी सरगर्मी तताएको छ। मोरङका अन्य क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएपनि मोरङ ३ को जस्तो चर्चा अन्य क्षेत्रमा छैन। एमाले उम्मेदवार ढकालको एक कार्यकाल हेरिसकेका र कांग्रेस उम्मेदवार डा. शर्माबाट पनि खासै अपेक्षा नराखेका स्थानीयहरु अहिले राप्रपा उम्मेदवार थापासँगै चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन्। थापाको चुनावी गतिविधिले एमाले र कांग्रेसका नेता–कार्यकर्तालाई झस्काएको छ।

बेलबारी नगरपालिकाकी पूर्व उपप्रमुख तथा एमाले नेतृ ढाका पराजुली भन्छिन्, ‘रेखा थापासँग सेल्फी मात्रै खिच्ने हुन्, भोट जनताले एमालेमै हाल्छन्।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘ डा. सुनिल शर्मासँग प्रेसर नापे पनि, रेखा थापासँग सेल्फी खिचे पनि भोट सूर्यमा आउँछ।’ तर, कांग्रेस कार्यकर्ता डा. शर्माले चुनाव जित्नेमा ढुक्क छन्। अघिल्लो निर्वाचनभन्दा माहोल राम्रो भएको उनीहरुको भनाइ छ। राप्रपा उम्मेदवार रेखा थापाका समर्थक पनि एमाले उम्मेदवार ढकाल र कांग्रेस उम्मेदवार शर्माको जनताले विकल्प खोजेकाले आफूहरुले चुनाव जित्ने दावी गर्छन्।

corrent noodles
Metro Mart

ढकाल र शर्माको छैन चर्चा
एमाले स्थायी कमिटी सदस्य समेत रहेका ढकाल क्षेत्र नं. ३ मा पुनः उम्मेदवार बन्ने हल्ला हुनेवित्तिकै ढकालविरुद्धका स्टाटस फेसबुकभरि देखिए। त्यसले पनि अनुमान गर्न सकिन्छ– ढकालको चर्चा अघिल्लो निर्वाचनको तुलनामा घटेको छ। कोभिड–१९ को महामारीमा स्वास्थ्य मन्त्री भएका समयमा ढकालले क्षेत्र नं. ३ मा अपेक्षित काम गर्न नसकेको स्थानीयवासीको आरोप छ, जुन कुरालाई एमालेकै कार्यकर्ताहरु पनि स्वीकार गर्छन्। ढकालको बोली अनुसारको व्यवहार क्षेत्र नं. ३ का बासिन्दाले अनुभूत गर्न नपाएको बताउँछन्। कार्यकर्तासँग खासै घुलमिल गर्न नरुचाउने र सीमित घेरामा आफूलाई राख्ने बानीका कारण ढकालप्रति पार्टीकै नेता कार्यकर्ता असन्तुष्ट छन्। 

भोट माग्दै एमाले उम्मेदवार भानुभक्त ढकाल।
नोवेल मेडिकल कलेजका सञ्चालक समेत रहेका कांग्रेस उम्मेदवार डा. शर्माको चर्चा ०७४ को निर्वाचनमा जति थियो, अहिले त्यो छैन। अघिल्लो निर्वाचनमा एक ढिक्का देखिएको कांग्रेस यस पटक एक देखिएको छैन। शर्माविरुद्ध नै बागी उम्मेदवारी परेको छ। कांग्रेसको महाधिवेशन र स्थानीय तह निर्वाचनमा संस्थापन पक्ष र इतर पक्षबीचको कटुता अझै कायमै छ, जसलाई कांग्रेस नेताहरुले मिलाउने काम नगरेको कार्यकर्ताको आरोप छ। कांग्रेस उम्मेदवार शर्मालाई यस पटक बागी उम्मेदवार र पार्टीको संस्थापन पक्ष नै भारी हुने देखिएको छ। 

थापाको सक्रियता र चर्चा बढ्दो
राप्रपा उम्मेदवार रेखा थापाको बढ्दो सक्रियताले क्षेत्र नं. ३ मा बेग्लै माहोल सिर्जना गरिदिएको छ। ढकाल र शर्माको तुलनामा थापाको घुलमिल स्थानीयसँग बढी छ, जुन आत्मीमयता शर्मा र ढकालले स्थानीयसँग साटासाट गर्न सकेका छैनन्। राजनीतिक पृष्ठभूमि नभएकी र कमजोर संगठनबाट उम्मेदवारी दिए पनि थापाको बढ्दो चर्चाका कारण मुख्य प्रतिष्पर्धी एमाले र कांग्रेसका उम्मेदवारलाई टाउको दुखाइको विषय भएको छ। कतिपय स्थानीयबासीले ढकाल र शर्माको विकल्पका रुपमा थापालाई हेरेको देखिन्छ। 

उम्मेदवार छनोटमा कांग्रेस–एमालेभित्र असन्तुष्टि
प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनौटप्रति असन्तुष्टि जनाउँदै कांग्रेस र एमालेमा नेताहरुले पार्टी परित्याग गरेको अवस्था छ। कांग्रेसका २ जनाले प्रतिनिधिसभामा बागी उम्मेदवारी दिएका छन्। डा. शर्माविरुद्ध गणेशप्रसाद पोखरेल र जयराज संयोगले बागी उम्मेदवारी दिएका छन्। बेलबारी नगरपालिकामा ०७४ मा कांग्रेसबाट प्रमुख पदमा पराजित राजकुमार लिम्वुले पार्टी परित्याग गरेका छन्। डा. शर्मा पार्टीमा संस्थापन इतर समूहका रहेकाले संस्थापन समूहका केही नेताहरुले उनलाई असहयोग गर्ने संकेत गरेका छन्।

कांग्रेस उम्मेदवार सुनिल शर्मा (रातो कुर्तामा)।
नेकपा एमालेमा पनि टिकट वितरणका असन्तुष्टि उत्तिकै छ। क्षेत्र नं. ३ मा रहेका संविधानसभा सदस्य मधु गुरुङ, एमाले प्रदेश सचिवालय सदस्य रामकुमार वस्नेत लगायतका नेताहरुले पार्टी जिम्मेवारी त्यागेका छन्। एमालेको प्रतिनिधिसभा भन्दा पनि प्रदेशसभाका उम्मेदवार छनौटमा असन्तुष्टि देखिएको हो। एमालेले ३ (क) मा पथरीशनिश्चरे नगरपालिकाका पूर्व प्रमुख दिलिप राई र ३ (ख) मा बेलबारीका पूर्व प्रमुख ज्ञानेन्द्र सुवेदीलाई एमाले टिकट दिएको थियो। प्रदेशमा पुनः उम्मेदवारी दिने तयारीमा रहेका प्रदेशका पूर्वमन्त्री राजकुमार ओझा लगायतका आकांक्षीहरु पाखा लागेका थिए। 

यस्तो छ अंकगणित
क्षेत्र नं. ३ मा सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वटा वडा पर्छन्। ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका भानुभक्त ढकालले ४२ हजार ४१३ र नेपाली कांग्रेसका डा. सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गरेका थिए। ५ वर्ष पछि पुनः ढकाल र शर्मा नै मुख्य प्रतिष्पर्धामा छन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले क्षेत्र नं. ३ अन्तर्गतका चारवटै स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ। बेलबारी नगरपालिकाको उपप्रमुख बाहेक एमालेले तीन पालिकाको प्रमुख–उपप्रमुख सहित बहुमत वडाध्यक्ष जितेको छ। वडाध्यक्षले २६ वटा वडामा पाएको मतका आधारमा एमाले थोरै मतले अघि छ। एमालेले वडागत रुपमा ३७ हजार ४१० मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले वडागत रुपमा ३७ हजार ७६ मत प्राप्त गरेको छ। एमालेले १४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ११ वडामा जित हाँसिल गरेको छ। एउटा वडा स्वतन्त्रले जितेको छ। क्षेत्र नं. ३ मा माओवादीले ७ हजार तीन सय ७३, राप्रपाले २ हजार १२१ मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १ हजार ८५५ मत ल्याएका थिए। वडागत मतका आधारमा एमाले अघि देखिए पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका कारण गठबन्धनको मत बढी छ। 

प्रकाशित: Oct 19, 2022| 16:30 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।