मंगलबार, पुस २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौँ राष्ट्रिय खेलकुद : पौडी पोखरी १४ सेन्टिमिटर छोटो, सबै कीर्तिमान रद्द हुने

नवौँ राष्ट्रिय खेलकुद : पौडी पोखरी १४ सेन्टिमिटर छोटो, सबै कीर्तिमान रद्द हुने

मंगलबार बिरौटास्थित फिस्टेल एकेडेमीमा पौडिका अन्तिम खेलहरु भइरहेका छन्। मंगलबार दिउँसो चार बजेबाट पौडीका खेल सुरु हुँदैछन्। तर यहाँ तोडिएका रेकर्ड मान्य नहुने भएका छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कात्तिक १, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुदको चौथौ दिन पौडीका १३ रेकर्ड तोडिए। सात नयाँ रेकर्ड बने। पौडीमा जति पनि खेल भइरहेका छन्, कहीँ न कहीँ नयाँ रेकर्ड बनिरहेका छन्। अहिलेसम्म पौडीमा दर्जनभन्दा धेरै कीर्तिमान बनिसकेका छन्।

National life

त्यसो त पौडी पोखरामा मापदण्ड विनाको पौडी पोखरी नभएको भन्दै यसअघि पनि चर्चा भइरहेको नै हो। यो प्रतियोगिता काठमाडौंमा नै गराउने हो कि भन्ने चर्चा पनि राष्ट्रिय खेलअघि भएको थियो। राखेप सदस्य सचिव टंकलाल घिसिडले गण्डकीले पोखरामै पौडी गराउने अडान लिए।

स्थानीय आयोजकले पनि पोखरामा खेलस्थल हुँदाहुँदै किन काठमाडौंमा गर्ने भनेर पोखरामै प्रतियोगिताको आयोजना गरेको थियो। त्यसैले मंगलबार बिरौटास्थित फिस्टेल एकेडेमीमा पौडीका अन्तिम खेल भइरहेका छन्। मंगलबार दिउँसो चार बजेबाट पौडीका खेल सुरु हुँदैछन्। तर यहाँ तोडिएका रेकर्ड मान्य नहुने भएका छन्। 

फिस्टेल एकेडेमीको यो पौडी पोखरी १४ सेन्टिमिटर छोटो छ। ‘पौडीको पोखरीको लम्बाई १४ सेन्टिमिटर नै छोटो हो। पछिल्लो पटक नाप हुँदा पत्ता लागेको हो,’ नेपाल समयसँग स्रातले भन्यो। त्यसो तर विश्व पौडी संघको मापदण्डमा भएको रिपोर्टअनुसार नै पौडीमा ३ सेमी छाटो/लामो राख्ने पाइने व्यवस्था रहेको छ। तर हिजोसम्म ९ सेमी छोटो भएको कुरा आइरहेको थियो। तर आज १४ सेन्टिमिटर छोटो रहेको पत्ता लागको हो।

यता नेपाल पौडी संघका महासचिव जगत बहादुर श्रेष्ठका अनुसार अब प्रतियोगिता आयोजक राखेप र पौडी संघले बैठक गरेर यसबारे छलफल गर्ने बताएका छन। ‘यस विषयमा विभिन्न कुराहरु आइरहेका छन्। राखेपमा पनि कुरा चलिरहेको छ। हामी बैठक गछौं र सत्यतथ्य बताउँछौं,’ उनले नेपाल समयसँग भने।

Laxmi sunrise bank
kumari

सुरुमा पौडीका लागि बनेको प्राविधिक समितिले नै पोखरीको लम्बाई मापदण्डअनुसारको रहेको जनाएको थियो। पछिल्लो समय नाप्दा थाहा भयो- पोखरी १४ सेन्टिमिटर छाटो रहेछ।

‘खै सुरुमा पठाएको प्राविधिक समितिले यो ठिक छ भनेको थियो। अब पौडी संघले यसबारेमा निर्णय लिनेछ,’ श्रेष्ठले भने। अब प्रतियोगितामा बनेका रेकर्ड रद्द हुने अवस्थामा पुगेका छन्। ‘अब अर्को प्रतियोगितामा आधा मिटर छोटो पोखरीमा रेकर्ड बन्यो भने कसले के भन्ने?’ पौडीसँग जोडिएका एक व्यक्तिले प्रश्न गरेका छन्। उनका अनुसार यो रेकर्ड मान्य हुँदैन।

प्रकाशित: Oct 18, 2022| 15:30 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।