बुधबार, पुस १६, २०८२

द्वारिकलालको दादागिरीः छिमेकीको जग्गा हडपेर माछापोखरी

छिमेकी प्रदीपकुमार खतिवडाको एक कट्ठा जग्गा घेरा बार गरी पूर्वमेयर चौधरीले माछा पालन गरेका हुन्। जग्गा किनेर छाडेका खतिवडालाई कुनै जानकारी नै नदिई गत असारमा उनले डोजर चलाएका थिए।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

इटहरी– इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी आफ्नो कार्यकालभरि विवादमा रहे। मेयरको कार्यकाल सकिएपछि पनि उनले हर्कत छाडेका छ्रैनन्। 

National life

इटहरी–१७ लबीपुर चोकमा घर भएका उनले छिमेकीको जग्गा हडपेर माछापोखरी बनाएका छन्। छिमेकी प्रदीपकुमार खतिवडाको एक कट्ठा जग्गा घेरा बार गरी माछा पालन गरेका हुन्। जग्गा किनेर छाडेका खतिवडालाई कुनै जानकारी नै नदिई गत असारमा उनले डोजर चलाएका थिए। 

कित्ता नम्बर ६०६ को जग्गा २०६३ साल जेठ १ गते द्वारिकालालका बुवा नानुराम चौधरीले खतिवडालाई बिक्री गरेका थिए। लबीपुर चोकमा घर बनाउने पैसा अभावमा नानुरामले जग्गा बिक्री गरेका थिए। अहिले द्वारिकलालले घरै पछाडि रहेको सोही जग्गा हडप्ने प्रयास गरेका हुन्। खतिवडाले उक्त जग्गा बैंकमा धितो राखेर कर्जा समेत लिएका छन्। उनी बैंकलाई मासिक किस्ता र ब्याज तिर्दै आएका छन् । 

केही समय अगाडि जग्गा हेर्न जाने बेलामा आफू आश्चर्यमा परेको बताउँछन् प्रदीपका छोरा अनमोल खतिवडा। त्यसपछि चौधरीलाई बारम्बार फोन गरेर पोखरी पुर्न आग्रह गर्दा समेत नमानेको उनको आरोप छ। पछि फोन गर्दा रिसिभ नगरेका चौधरीले अहिले नम्बर ब्लक लिस्टमा राखेको अनमोलले बताए।  

अनमोलले भदौ २७ गते इटहरी उपमहानगरपालिकामा निवेदन दिए। उपमहानगरले चौधरीलाई के कति कारणले उक्त जग्गामा पोखरी निर्माण गरिएको कारण खुलाएर प्रमाण पेस गर्न आग्रह गर्यो। तर चौधरीले पत्र नै बुझ्न मानेनन्। हुलाक मार्फत गएको पत्र समेत चौधरीले बेवास्ता गरेका अनमोलको भनाइ छ। अनमोल अहिले इटहरी उपमहानगरपालिकाले बेवास्ता गरेको बताउँछन्।

Laxmi sunrise bank

यसअघि २०७८ पुस २ गते विराटनगरका फडिन्द्र ढकालले आफ्नो जग्गामा आँखा अस्पताल शिलान्यास गरे। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बोलाएर उनले निजी जग्गामा अस्पताल शिलान्यास गरेका हुन्। जग्गाधनीलाई थाहै नदिई २५ करोड लागतमा अस्पताल बनाउन लागिएको भन्दै चौधरीले भाषण गरे। अहिले आएर जग्गामै विवाद भएपछि अस्पताल नबन्ने टुंगो लागेको छ । 

चौधरीले बारम्बार विवादित काम गरिरहे पनि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनसरी २ (क) को प्रदेशसभा उम्मेदवार भएका छन्। गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएका उनी चुनावी अभियानमा छन्। यस बिषयमा कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएनन्।  


प्रकाशित: Oct 18, 2022| 12:45 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।