मंगलबार, पुस २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ह्यान्डबल : प्रदेशले बेवास्ता गरे पनि खेलाडीको संघर्षले दिलायो स्वर्ण

ह्यान्डबल : प्रदेशले बेवास्ता गरे पनि खेलाडीको संघर्षले दिलायो स्वर्ण

‘अभ्यास गर्दाखेरी प्रदेश सरकारले केही नदिए पनि व्यक्तिगत रुपमा आफैंले लगानी गरेर अभ्यास गर्‍यौं। जस्तो अवस्थामा पनि हामीले अभ्यास छुटाएनौँ,’ उनले भनेका छन्, ‘हामी आफैंले पनि साना भाइहरुलाई पेट्रोल खर्च, खाजा खर्च दिएर अभ्यासमा सहभागी गराएको हो। नभएर टिम पुर्‍याउनै धौ-धौ थियो। हामीले यति धेरै मेहेनेत गरेका थियौँ कि त्यसको परिणाम आज देखिएको छ।’
 |  सोमबार, असोज ३१, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, असोज ३१, २०७९

पोखरा- मध्यमाञ्‍चल विकास क्षेत्रको ह्यान्डबल टिमले पाँचौ र छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्यो। र, आठौं खेलकुदमा स्वर्ण जित्‍ने गण्डकी प्रदेश थियो। नवौं खेलकुदमा पनि प्रदेशका लागि पहिलो स्वर्ण पदक जित्दा कस्तो लाग्यो? भन्ने प्रश्नमा गण्डकी प्रदेशका कप्तान विशाल बस्‍नेत भावुक बने। उनले एकाएक सम्झिए- 'अभ्यासमा गरेको मिहनत, व्यक्तिगत लगानी र प्रदेशको बेवास्ता'।

National life

यद्यपि सुरुमा उनले यति चाहिँ भनिहाले, ‘जितमा एकदमै खुसी भइरहेका छौं।’ शनिबार दिउँसो पोखरा रंगशालाको कभर्डहलमा ठूलो हल्लाखल्ला बीच गण्डकीले स्वर्ण जितेको थियो। त्यो जितले सारा पोखरा खुसी भयो। किनभने ह्यान्डबलको घर हो, पोखरा।

जारी खेलकुदमा २० भन्दा धेरै खेल सकिँदासम्म पनि स्वर्ण जित्‍न नसकेको पीडा नवौं राष्ट्रिय खेलकुदको आयोजकलाई थियो नै। गण्डकीलाई स्वर्ण दिलाउने सबैभन्दा धेरै सम्भावित खेल नै ह्यान्डबल थियो। त्यो जान्दा-जान्दै पनि प्रदेशले गरेको बेवास्ता विशालले नजिकबाट देखेका छन्।

‘अभ्यास गर्दाखेरी प्रदेश सरकारले केही नदिए पनि व्यक्तिगत रुपमा आफैंले लगानी गरेर अभ्यास गर्‍यौं। जस्तो अवस्थामा पनि हामीले अभ्यास छुटाएनौँ,’ उनले भनेका छन्, ‘हामी आफैंले पनि साना भाइहरुलाई पेट्रोल खर्च, खाजा खर्च दिएर अभ्यासमा सहभागी गराएको हो। नभएर टिम पुर्‍याउनै धौ-धौ थियो। हामीले यति धेरै मेहेनेत गरेका थियौँ कि त्यसको परिणाम आज देखिएको छ।’

प्रदेशको लागि पहिलो स्वर्णधारी खेलाडीको लागि ‘ह्याप्पी मोमेन्ट’ हो। गण्डकी स्वर्णको दाबेदार पनि हो। ‘हामी १४ जना सदस्य मात्र नभएर हाम्रो अभ्यासमा आएर टिम पुर्‍याइदिने भाइबहिनीलाई पनि धन्यवाद भन्‍न चहान्छु,’ विशाल सहयोग गर्नेप्रति आभारी पनि देखिए।

Laxmi sunrise bank
kumari

प्रदेशले बेवास्ता गरे पनि ह्यान्डबलको टिमलाई समर्थन गर्न आएका धेरै 'फ्यान' प्यारापिटमा आफ्नो टिमलाई उत्साही बनाउँदै थिए। त्यसैक्रममा दिनेश श्रेष्ठ, प्रेम गुरुङ र सन्तोष श्रेष्ठले गोल गरिरहे। खेल अवधिभरी तीन खेलाडीले समान ९–९ गोल गरेका थिए।

प्रकाशित: Oct 17, 2022| 20:17 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।