शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा प्रहरी ऐन चाँडै कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री केसी

लुम्बिनीमा प्रहरी ऐन चाँडै कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारले छिट्टै प्रहरी ऐन कार्यान्वयनमा ल्याउने बताएका छन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारले छिट्टै प्रहरी ऐन कार्यान्वयनमा ल्याउने बताएका छन्।

National life

६७ औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सोमबार बुटवलको तालिम केन्द्रमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री केसीले सरकारले निर्माण गरेको प्रहरी ऐन कार्यान्वयनमा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए।

उनले प्रदेशमा प्रहरी भर्ना गर्दा अमर प्रहरीहरुको योगदानलाई प्राथमिकतामा राखेर उनीहरुको परिवारलाई पहिलो प्राथमिकता दिने बताए। ऐनमा अमर प्रहरीहरुको योगदानको कदर गरेर उनीहरुको परिवारलाई प्रहरी भर्ना गर्दा पहिलो प्राथमिकता दिने उनको भनाई छ।

यस्तै प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै लुम्बिनी प्रदेशका आन्तरिक मामिला,कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले संविधानको पुर्ण कार्यान्वयन गर्नु पर्ने बताए।

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले प्रहरीले शान्ती सुरक्षा कार्यम गर्न प्रभावकारी काम गरेको र हाल देखिएका केही कमि कमजोरीलाई पनि सुधार गर्ने बताए। प्रदेश प्रहरी प्रमुख उपाध्यायले प्रहरीहरुलाई नागरिकको सेवामा अझ दत्तचित्त भएर काम गर्न निर्देशन दिए।

Laxmi sunrise bank
kumari

कार्यक्रममा अमर प्रहरीका परिवारलाई कदर पत्र र नगद सहयोग साथै उत्कृष्ट प्रहरी कर्मचारी र प्रहरी कार्यालयलाई पुरस्कार वितारण गरिएको तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

प्रकाशित: Oct 17, 2022| 19:58 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।