आइतबार, फागुन १७, २०८२

बैंकले बढाएको चर्को ब्याज तत्काल हटाउन उद्योगीहरुको माग

रुपन्देहीका उद्योगीहरुले बैंकको नीतिका कारण ब्याज तिर्न नसकेको भन्दै तत्तकाल हटाउन माग गरेका छन्। रुपन्देही उद्योग संघको सोमबार भएको ४४औं वार्षिक साधारणसभामा बोल्दै उद्योगीहरुले यस्तो माग गरेका हुन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

बुटवल- रुपन्देहीका उद्योगीहरुले बैंकको नीतिका कारण ब्याज तिर्न नसकेको भन्दै तत्तकाल हटाउन माग गरेका छन्। रुपन्देही उद्योग संघको सोमबार भएको ४४औं वार्षिक साधारणसभामा बोल्दै उद्योगीहरुले यस्तो माग गरेका हुन्।

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले आर्थिक समस्या विकराल बन्दै गएको बताउँदै यस्तो अवस्थामा बैंकले ब्याज बढाएर निजी क्षेत्रमाथि अन्याय गरेको बताए। चर्को ब्याज तिरेर अब उद्योगी व्यवसायीले उद्योगहरु धान्न नसक्ने भएकाले  व्याजदर नघटाए बैंकका विरुद्व विद्रोह गर्ने चेतावनी दिए। 

‘नेपाल राष्ट्र बैंकको कार्यविधि नीजि क्षेत्रका लागि बाधक छ,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकले मनोमानी गर्दा उद्योगी व्यवसायी मारमा परेको छन्, सरकारले उद्योगी व्यवसायीलाई साथ दिएको छैन।’

रुपन्देही उद्योग संघका अध्यक्ष परिषद्‌का संयोजक तथा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले उद्योगीहरुले उद्योगहरु बचाउन चाहेपनि बैंकको चर्को व्याजले उद्योगहरु बचाउन नसकिने अवस्था सिर्जना भएको बताए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योगी व्यवसायिका समस्या राज्यतहबाट समाधान गरिनुपर्ने बताउँदै स्थानीय सरकार उद्योगीमैत्री बन्ने र त्यसका लागि सबै उद्योगी व्यवसायीसंग बसेर साझा कार्यक्रम र योजना बनाउन आह्वान गरे।

kumari

रुपन्देही प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले खुल्ला सीमनाका कारण भन्सार छलेर नेपाल भित्र्याउने समान रोक्नु पर्ने र त्यसका लागि नीजि क्षेत्रका व्यवसायीको सहयोग चाहिने बताए।  

राजनीतिक अस्थिरता र द्वन्द्वबाट ग्रसित बनेको औद्योगिक क्षेत्र राजनीतिक परिवर्तन र नयाँ राजनीतिक प्रणाली अन्तर्गत बनेका सरकारहरुबाट धेरै आशा गरिए पनि आर्थिक उन्‍नतीका लागि अपेक्षा अनुसार काम हुन नसकेको रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए।

प्रकाशित: Oct 17, 2022| 19:55 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।