आइतबार, मंसिर ७, २०८२

महिला भलिबलमा एपीएफ, पुलिस, बागमती र गण्डकी सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुदमा महिला भलिबल प्रतियोागितातर्फ एपीएफ, पुलिस, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। म्याग्दीको बेनीमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेशलाई हराएको हो।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

म्याग्दी(बेनी)– नवौं राष्ट्रिय खेलकुदमा महिला भलिबल प्रतियोागितातर्फ एपीएफ, पुलिस, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। म्याग्दीको बेनीमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेशलाई हराएको हो। 

National life

यस्तै बागमतीले २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिमलाई हराएको हो। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हरायो। 

पुलिसले २५–१३, २५–२०, २३–२५ १४–२५ र १५–१३ को सेटमा हराएको हो। प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा गण्डकी प्रदेशले २५–१०, २५–१० र २५– १७ को सेटमा प्रदेश १ लाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो। 

प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी, नेपाल पुलिस क्लबकी टिम क्याप्टेन कमला पुन र प्रदेश १ की पुर्णीमा राई घोषित भइन्। मंगलबार दुई सेमिफाईनल हुने छन्। पहिलो सेमिफाईनलमा एपीएफ र बागमती प्रदेश तथा दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश  भिड्दै छन्।


प्रकाशित: Oct 17, 2022| 19:20 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।