आइतबार, मंसिर ७, २०८२

महिला क्रिकेटको स्वर्णका लागि पुलिस र एपीएफ भिड्ने

पोखरा रंगशालामा सोमबार सम्पन्‍न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई तथा पुलिसले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा- सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफ र नेपाल पुलिस क्लब पोखरामा जारी नवौं महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्। पोखरा रंगशालामा सोमबार सम्पन्‍न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई तथा पुलिसले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

National life

सोमबारको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेश ६७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो। एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १८.२ ओभरमा ६२ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका कुनै पनि ब्याट्‌स्‌म्यानहरुले दर्शनीय खेल प्रस्तुत गर्न सकेनन्। लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले आफ्नो स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नो नाम गराइन्।

पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो। एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन्। प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन्। टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन्। लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिए।  

अर्को सेमिफाइनलमा पुलिसले बागमती प्रदेशमाथि ३६ रनको जित निकालेको हो। पहिला ब्याटिङ्‌ गरेको पुलिसले काजल श्रेष्ठको ४६ तथा कविता कुँवरको २६ रनमा ४ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।

बागमतीको पारी ७ रनमै समेटियो। बागमतीले पूरा २० ओभरमा ८ विकेट गुमाउँदा पुलिसका बलरहरु कविता कुँवरले ३, इश्वरी विष्टले २ तथा रुविना क्षेत्री र संगिता राइले समान १–१ विकेट लिए।

Laxmi sunrise bank
kumari

बागमतीको तर्फबाट सुमन खतिवडाले २३ तथा अस्मिना कर्मचार्यले १ रन बनाए। बागमतीका बलरहरु अस्मिना कर्मचार्य, खुसी डंगोल र सुमन खतिवडाले समान १–१ विकेट लिए। खेलमा पुलिसका कविता कुँवर प्लेयर अफ द म्याच भइन्।

प्रकाशित: Oct 17, 2022| 19:09 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।