सोमबार, कात्तिक ३, २०८२

कसरत बढाउँदै चौधरी, जटिलता व्यहोर्दै त्रिपाठी

सातौं पटक चुनाव लड्दै गरेका त्रिपाठी यसपटक ढुक्क देखिँदैनन्। चौधरीसँगको प्रतिस्पर्धा आफ्ना लागि कठिन हुने निष्कर्षमा उनी पुगेका छन्।
 |  सोमबार, असोज ३१, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, असोज ३१, २०७९
Kumaribank
Metro Mart

काठमाडौं- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ प्रतिनिधिसभामा यसपटक रोचक प्रतिस्पर्धा हुँदैछ। यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक भएको हो। 

चौधरी नवलपुर पूर्व-२ बाट चुनाव लड्न चाहन्थे। तर टिकट वितरणका क्रममा पार्टीले उनलाई नवलपुर पश्चिम-१ मा पठाइदियो। पार्टीको निर्णयअनुसार उनी जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीका प्रतिस्पर्धी बनेका छन्। त्रिपाठीलाई नेकपा एमालेको समर्थन छ। 

त्रिपाठीसँग ६ पटक चुनाव लडेको अनुभव छ। ५ पटक निर्वाचित भइसकेका त्रिपाठी चुनावी रणनीतिमा अनुभवप्राप्त नेता हुन्। चौधरी पहिलो पटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका हुन्। उनी दुई पटक समानुपातिक प्रणालीबाट सांसद बनेका छन्। २०६४ सालमा नेकपा एमालेबाट पहिलो संविधानसभामा सभासद् बनेका चौधरी २०७४ सालको निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका थिए। ०७४ सालमा कांग्रेसले उनलाई समानुपातिक तर्फबाट सांसद् बनाएको थियो। 

प्रकाशित: Oct 17, 2022| 19:07 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...