शुक्रबार, मंसिर १२, २०८२

विष्णु पौडेलविरुद्ध उठेका राजु गुरुङको उम्मेदवारी यथावत

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही-२ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी यथावत रहेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही-२ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी यथावत रहेको छ। 

National life

यसअघि नेकपा एमालेका नेताको टेलिफोनको भरमा उम्मेदवारी खारेज गरेको रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उद्‌विर नेपालीले सोमबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी यथावत रहेको जानकारी गराएका हुन्। 

यसअघि निर्वाचन अधिकृतको कार्यालयले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो। निर्वाचन कार्यालयको उक्त निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। साथै, सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्‍ने विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ।

अब कात्तिक २ गते सर्वोच्चको संयुक्त इजलासले आइतबार एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिए गुरुङको उम्मेदवारी कायम रहने छ। तर, संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा गुरुङ उम्मेदवार बन्‍न पाउने छैनन् ।

Laxmi sunrise bank
kumari

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धा गर्न रुपन्देही-२ मा नेपाली कांग्रेससहितको गठबन्धनका तर्फबाट गुरुङले उम्मेदवारी दिएका थिए। निर्वाचन अधिकृतको कार्यालयले पूर्वाग्रही भएर उजुरी नै नपरी गुरुङको उम्मेदवारी खारेज गरको भन्दै सत्ता गठबन्धनले विरोध गरेको थियो। 

प्रकाशित: Oct 17, 2022| 18:02 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।