आइतबार, मंसिर ७, २०८२

एपीएफ सेमिफाइनल प्रवेश, बाहिरियो बागमती

पोखराको लामाचौरस्थित खेल मैदानमा भएको प्रतियोगितामा बागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपरेको हो।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा- सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी)को खेलमा एपीएफले बागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

National life

पोखराको लामाचौरस्थित खेल मैदानमा भएको प्रतियोगितामा बागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपरेको हो। 

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफ भने बागमतीको पक्षमा रहेन।

खेलको ६५औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए। त्यसको एक मिनेटपछि ७६औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। लामाले दोस्रो हाफको इन्ज्युरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे।

प्रकाशित: Oct 17, 2022| 16:19 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।