मंगलबार, फागुन १९, २०८२

१४० केजी उठाउँदै टीकामायाले जितिन् स्वर्ण

यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए। टीकामायाले स्न्याचमा ६० र क्लीन एन्ड जर्कमा ८० गरी कुल १४० केजीभार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा नेपाल पुलिस क्लबले अर्को स्वर्ण थपेको छ। दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन्। 

यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए। टीकामायाले स्न्याचमा ६० र क्लीन एन्ड जर्कमा ८० गरी कुल १४० केजीभार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

यस्तै, नेपाल आर्मीकी प्रभा थारूले स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन्। प्रतियोगितामा लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले कास्य जितिन्। उनले स्न्याचतर्फ ५६ र क्लिन एन्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाइन्। उनी प्रभाको तुलनामा १ केजी मात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन्। प्रतियोगितामा १२ खेलाडीले भाग लिएका थिए।

पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा दोस्रो दिन ४ स्वर्णको छिनोफानो हुँदैछ। सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजीतौल समूहमा खेल हुनेछ।

कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा खेल हुनेछ। जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन्। प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।

kumari

उद्घाटनको दिन पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरेका थिए। उनले ६१ केजी तौल समूहमा भएको स्पर्धामा स्न्याचमा ९६ केजी भार बहन गरी आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन्। लामाले क्लिन एन्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका थिए।

रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लिन एन्ड जर्कमा आफ्नै रेकर्ड तोडे। उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो। 

यसअघि, महिला ४९ केजीतौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारूले स्वर्ण जितिसकेका छन्।

प्रकाशित: Oct 17, 2022| 16:14 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।