आइतबार, मंसिर ७, २०८२

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपीएफलाई एक-एक स्वर्ण

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हिजो (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा- गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हिजो (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ। 

National life

पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन्। 

त्यस्तै उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन्। त्यसैगरि १ घण्टा २० मिनेट ०४ सेकेण्डमा दुरी पुरा गर्दै एपीएफकी हुमी बुढामगरले कांस्य जित्न सफल भइन्।

आजै भएको पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपीएफले स्वर्ण र कांस्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ। १९ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै एपीएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल भएका छन्। 

त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घण्टा ११ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते। त्यसैगरि १ घण्टा १३ मिनेट २५ सेकेण्डमा दुरी पुरा गर्दै एपीएफकै लक्ष्मण मल्लले कांस्य पदक जितेका छन्।

Laxmi sunrise bank
kumari

सात प्रदेश र तीन विभागीय गरी दश क्षेत्रबाट प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छ भने रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा बाँकी रहेको छ। साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरी ८-८ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: Oct 17, 2022| 07:50 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।