आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पौडीमा नासिर र डुवानाको अर्को राष्ट्रिय कीर्तिमान, गौरीकाले जितिन स्वर्ण

पौडीमा नासिर र डुवानाको अर्को राष्ट्रिय कीर्तिमान, गौरीकाले जितिन स्वर्ण

नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोस्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा- नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोस्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोस्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर व्यक्तिगत मिड्लेमा गरी दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।

National life

नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८:३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५:३९ सेकेन्डको  र व्यक्तिगत मिड्लेमा २ मिनट ११:८५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट ११:२३ सेकेन्ड समयका साथ दुई राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। यस अघि नासिरले दुवै कीर्तिमान दोहामा आयोजना भएको १५औं विश्व फिना च्याम्पियनसिपमा कायम गरेका थिए। २०० मिटर फ्रिस्टायलमा सेनाका अलेक्जेण्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कांस्य पाए। यस्तै व्यक्तिगत मिड्ले तर्फ एनआरएनका आशिष सापकोटा र बागमतीका सेरेन सिंहले क्रमशः रजत र कांस्य पाए।

फिसटेल एकेडेमीमा भएको प्रतियोगितामा दुवानाले ५० मिटर ब्रेष्टस्ट्रोकमा १३औं सागमा राखेको ३५:४६ सेकेन्डको समयमा सुधार गर्दै ३५:२३ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका हुन्। एपीएफकी रोयल प्रजापतिले रजत र सेनाकी उपास्ती महर्जनले कांस्य पाइन्।

महिलाको ८०० मिटर फ्रिस्टायल तर्फ भएको प्रतिस्पर्धामा एनआरएनका एश्ले सापकोटा डङ्गोलले १० मिनट ३०:६४ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। पुलिसका आर्या महर्जन र समिरा शोभा थापा मगरले रजत र कांस्य पाए।

५० मिटर ब्रेष्टस्ट्रोको पुरुष तर्फ प्रदेश १ को विकास कुमालले स्वर्ण जिते। उनले उक्त दूरी ३१:२० सेकेन्ड समयमा पुरा गरेका हुन्। बागमतीका सेरेन सिंहले रजत र पुलिसका दिपंकर अवालले कांस्य पाए।

Laxmi sunrise bank
kumari

महिलाको २०० मिटर फ्रिस्टायलमा डुवानाले २ मिनट १४:६४ सेकेन्डका साथ स्वर्ण जित्दा पुलिसका आर्या महर्जन र समिरा शोभा थापाले रजत र कांस्य पाए।

महिला १०० मिटर ब्याकस्ट्रोकमा ओलम्पियन सेनाकी गौरीका सिंहले स्वर्ण जितिन्। उनले उक्त दूरी १ मिनट ५:५० सेकेन्ड समयका साथ स्वर्ण जितेकी हुन्। एनआरएनकी एश्ले सापकोटा डङ्गोलले रजत र सेनाकी अनुशिया तण्डुकारले रजत जिते। पुरुष तर्फ एपीएफका तेन्जिन नामदोल रायन गुरुङले स्वर्ण जिते। गुरुङले १ मिनट २:८४ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन्। प्रदेश १ का प्रारम्भ भण्डारी र एपीएफका जाडेन श्रेष्ठले रजत र कांस्य पाए।

४०० मिटर फ्रिस्टायल रिलेमा गौरीका सिंह, डुवाना लामा, उपास्ती महर्जन र अनुशिया तण्डुकार समाविष्ट सेनाले ४ मिनट १९:४५ सेकेन्ड समयका साथ स्वर्ण जित्यो।

पुरुष तर्फ ८०० मिटर फ्रिस्टायल रिलेमा युभान लाल श्रेष्ठ, सनिल कुमार थापा मगर, शंकरसना बहादुर रघुबंशी र सुविज्ञ मान तुलाधर सम्मिलित पुलिसले ८ मिनट २७:८९ सेकेन्ड समयका साथ स्वर्ण प्राप्त गर्‍यो। बागमती प्रदेशले रजत र सेनाले कांस्य पायो।

प्रकाशित: Oct 17, 2022| 07:40 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।