मंगलबार, जेठ १९, २०८३

कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा

लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ। जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा दिन जान नसकेपछि कक्षा १२ का लागि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

सुर्खेत- लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ। जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा दिन जान नसकेपछि कक्षा १२ का लागि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो।

National life

गत असोज १९ गतेदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र जहाज पर्याप्त नआएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामा परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयको स्वीकृति दिएको थियो।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविष्य अन्योलमा नहोस् भन्दै प्रशासनले विकल्पका लागि परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो। 

सोहीअनुसार विपद्को समयमा परीक्षा नियन्त्रण कार्यालयले जुम्लामा स्वीकृति दिएको थियो। उनका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ती विद्याथीको परीक्षा हुनेछ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीका अनुसार कठिन परिस्थितिमा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको पत्रसमेत पठाइएको छ। 

Shivam cement

प्रकाशित: Oct 16, 2022| 23:15 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।