मंगलबार, फागुन १९, २०८२

उडानलगत्तै 'कोल्याप्स' भएको थियो निशिमको प्याराग्लाइडिङ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भयो। आइतबार बिहान उडानको केही समयपछि नै उनी दुर्घटनामा परेका हुन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भयो। आइतबार बिहान उडानको केही समयपछि नै उनी दुर्घटनामा परेका हुन्।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिमले पोखराको सराङकोटबाट उडान भरेका थिए। प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी थियो।

उनले सुरुमै आफ्नो उडानमा विङलाई सानो बनाएर उडाउने क्रममा उनी दुर्घटनामा परेका थिए। ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ कोल्याप्स भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खस्न पुगे, जहाँ उनको निधन भयो।’

लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागि निशिम पोखरा १० मा बस्छन्। उनको घर भने गोरखा पालुङटार हो। उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिसन वरियताप्राप्त खेलाडी समेत हुन्। 

अहिले उनको शव पोखरा ८ सृजनाचोक स्थित मेट्रो अस्पतालमा रहेको छ। उनको निधनसँगै आज हुने भनिएका प्याराग्लाइडिङ तर्फका सबै खेलहरु रद्द भएको आयोजकले जनाएको छ।

kumari

प्रकाशित: Oct 16, 2022| 14:09 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।