आइतबार, मंसिर ७, २०८२

आर्मीले जित्यो सेपाकताक्रो महिला-पुरुष डबलको दुवै स्वर्ण

पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

नवलपुर- पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ।

National life

पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो।

आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घा मगर, रोशन तामाङ र दीपेश जंग थापाले स्वर्ण दिलाए। पुरुषतर्फ रजत पदक प्रदेश नम्बर १ र कास्य पदक पदक बागमतीले हात पारेका छन्।

महिला डबलतर्फ पनि आर्मीले बागमती प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ। महिलातर्फको डबलमा विभागीय टिम आर्मीले बागमती प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो।

आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण  दिलाए। महिलातर्फ बागमतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छन्।

Laxmi sunrise bank
kumari

महिला र पुरुषका फरक-फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नम्बर १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन्।

प्रकाशित: Oct 16, 2022| 13:56 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।