आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्याराग्लाइडिङ दुर्घटनामा क्रस कन्ट्रीका एक खेलाडीको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा क्रस कन्ट्रीका एक खेलाडीको मृत्यु

क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा अकस्मात् प्याराग्लाइडिङ भूइँमा खस्दा एक जनाको ज्यान गएको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

पोखरा- क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा अकस्मात् प्याराग्लाइडिङ भूइँमा खस्दा एक जनाको ज्यान गएको छ।

National life

पोखरा महानगरपालिका-१८ सराङ्कोटस्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ खसेको हो। 

आकाशमा उडिरहेको अवस्थामा अकस्मात् १०० मिटरमाथिबाट जमिनमा प्याराग्लाइडिङ खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका कास्की पोखरा-१० अस्पताल चोकका २६ वर्षीय निसिम थापा रहेका छन्।

घाइते भएका थापालाई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएकोमा उनको शनिबार दिउँसो उपचारकै क्रममा १२:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्याराग्लाइडिङ शनिबार बिहान ११:३० बजे खसेको थियो।

प्रकाशित: Oct 16, 2022| 13:47 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।