सोमबार, वैशाख २४, २०८१

आइटिएफ तेक्वान्दोमा आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दाअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

बागलुङ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दाअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेका छन्।

triton college

ब्लु बेल्टतर्फ नेपाली सेनाका धनसिंह परियार, ब्ल्याक बेल्टतर्फ पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्। 

त्यस्तै रेड बेल्टतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हासिल गरेका छन्।

ब्लु बेल्टमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, ब्ल्याक बेलटमा गण्डकी प्रदेशका प्रवीण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन्।

आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबारदेखि सुरु हुँदैछन्। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन्।

corrent noodles
Metro Mart

आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेल हुनेछ।

फुल कन्ट्याक्ट कराँतेका पदकधारी खेलाडीहरु 

४० केजी मुनि

१. अभिशेक डिमडुङ गण्डकी स्वर्ण पदक 

२. सागर थिङ नेपाल आर्मी रजत पदक

३. शुभम पासवान प्रदेश १ कास्य पदक

४. अर्मन सफी मधेश प्रदेश कास्य पदक

४५ केजी मुनि

१. सुनील तामाङ शसस्त्र प्रहरी स्वर्ण पदक

२. राजकुमार यादव नेपाल आर्म रजत पदक

३.नारायण विक गण्डकी प्रदेश कास्य पदक

४.गोविन्द गौतम चौहान मधेश प्रदेश कास्य पदक

५० केजी मुनि

१. अनीष बुढामगर गण्डकी प्रदेश स्वर्ण पदक

२. विजय राई  वागमती प्रदेश स्वर्ण पदक

३. वीरेन्द्र बोहोरा  कर्णाली प्रदेश कास्य पदक

४. शुसाङ श्रेष्ठ  नेपाल प्रहरी कास्य पदक

५५ केजी मुनि

१. धरमिन्दर राम मधेश प्रदेश स्वर्ण पदक

२. चोकबहादुर बुढाथोकी नेपाल आर्मी रजत पदक

३. पासाङ तामाङ गण्डकी प्रदेश कास्य पदक 

४.गोरखबहादुर नगरकोटी  सशस्त्र प्रहरी कास्य पदक

६० केजी मुनि

१. शुशान लामिछाने नेपाल प्रहरी स्वर्ण पदक

२. विकास गुरुङ नेपाल आर्मी रजत पदक

३. धमप्रकाश खड्का सशस्त्र प्रहरी कास्य पदक

४. मोशेस कुमाल कुमाल गण्डकी प्रदेश कास्य पदक

६५ केजी मुनि

१. सनी सिंह नेपाल आर्मी स्वर्ण पदक

२. शिव भुजेल गण्डकी प्रदेश रजत पदक

३. दिलीप यादव लुम्बिनी प्रदेश कास्य पदक

४. दिशान तामाङ एनआरएनए कास्य पदक

खुला तौल समूह

१. विनय सिंह नेपाल आर्मी स्वर्ण पदक

२. रुपक नेपाली गण्डकी प्रदेश रजत पदक

३. सुजित खड्क  मधेश प्रदेश कास्य पदक

४. अमीर देउवा नेपाल प्रहरी कास्य पदक 

महिलातर्फ 

४५ केजी मुनि 

१. रिना माझी सशस्त्र प्रहरी स्वर्ण पदक

२. अञ्जना ढुंगेल नेपाल प्रहरी रजत पदक

३. उषा रावल सुदूरपश्चिम प्रदेश कास्य पदक

४.एकता कुमाल वागमती प्रदेश कास्य पदक

५० केजी मुनि

१. करिष्मा कार्की सशस्त्र प्रहरी स्वर्ण पदक

२. नविना घलान वागमती प्रदेश रजत पदक

३. प्रमिला भूमि सुदूरपश्चिम कास्य पदक

४. अतुपा नेपाली नेपाल आर्मी कास्य पदक

५५ केजी मुनि

१.धनी रानामगर गण्डकी प्रदेश स्वर्ण पदक

२. पत्रिका चन्द नेपाल आर्मी रजत पदक

३. अम्बिका भुजेल सशस्त्र प्रहरी कास्य पदक

४. अस्मिता धरेल मधेश प्रदेश कास्य पदक

खुला तौल 

१. मञ्जु विक नेपाल आर्मी स्वर्ण पदक

२.निशा बोहोरा वागमती प्रदेश रजत पदक

३. शिवानी श्रेष्ठ सशस्त्र प्रहरी कास्य पदक

४. ममिता बोहोरा सुदूरपश्चिम प्रदेश कास्य पदक

प्रकाशित: Oct 16, 2022| 13:24 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।