काठमाडौं– सरकारले चार जना सचिवको सरुवा गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो।
सरकारले गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याएको छ। भूमि व्यवस्था मन्त्रालयबाट उनलाई गृहमा तानिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भने गणेशप्रसाद पाण्डेलाई ल्याइएको छ। पाण्डे कर्णाली प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत थिए।
यस्तै मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ। शर्मा यसअघि वित्त आयोगमा थिए। त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत सचिव वैकुण्ठ अर्याललाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए।