आइतबार, मंसिर ७, २०८२

नवौं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराँतेको फाइनल आज

शनिबार बिहान ८ बजेदेखि प्रतिष्पर्धा सुरुभएको र शनिबार नै फाइनल खेल हुनेछ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल कन्ट्याक्ट कराँतेका फाइनल खेल आज हुँदैछ। खेलमा पुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धा हुने भएको छ। 

National life

पोखराको प्रदर्शनी केन्द्रमा शुक्रबार अधिकांश विधाका प्रिक्वाटर र क्वाटर फाइनलका खेल भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुल कन्ट्याक्ट कराँते खेल सह-संयोजक दीपक गोदारले बताए। उनका अनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिष्पर्धा सुरुभएको र शनिबार नै फाइनल खेल हुनेछ। 

शुक्रबार भएको ३५ देखि ४० केजी तौल समूहमा नेपाल आर्मीका सागर थिङ, प्रदेश एकका सुगम पासवान र गण्डकीका अभिशेक डिमडुङ सेमिफाइनलमा प्रवेश गरेको फुल कन्ट्याक्ट कराँते गण्डकी प्रदेशका प्रशिक्षक सुवास खड्काले बताए। 

गोदारका अनुसार खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी छन्। खेलमा महिलातर्फ ३५-४०, ४०-४५, ४५-५०, ५०-५५ केजी तौल र खुला तौल समूहमा प्रतिष्पर्धा भइरहेका छन्। यस्तै, पुरुषमा ३५-४०, ४०-४५, ४५-५०, ५०-५५, ५५-६०, ६०-६५ केजी तौल र खुला तौल समूहमा प्रतिष्पर्धा भएको छ। शनिबार बिहान ८ बजेदेखि खेलहरु सुरु हुने गोदारले बताए। अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको गोदारले बताए।

प्रकाशित: Oct 15, 2022| 13:34 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।