आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्स पुरुषतर्फको १५ सय मिटरमा सेनाका मुकेशले जिते स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्स पुरुषतर्फको १५ सय मिटरमा सेनाका मुकेशले जिते स्वर्ण

पोखरा रंगशाला ट्रयाकमा शनिबार भएको दौडमा मुकेशले विभागीय प्रतिद्वन्द्वी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशको पोखरामा जारी एथ्लेटिक्सको पुरुषतर्फ १५ सय मिटरमा दौडमा नेपाली सेनाका मुकेश पलले स्वर्ण जितेका छन् ।

पोखरा रंगशाला ट्रयाकमा शनिबार भएको दौडमा मुकेशले विभागीय प्रतिद्वन्द्वी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन्। मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे।

रजत पदक विजेता एपीएफका अजितले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पूरा गरे। नेपाल प्रहरीका नागेश्वर अघरीले ३ मिनेट ५६.५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य जिते। यसअघि महिलातर्फको १ सय मिटरमा एपीएफ क्लबकी फूलमती रानाले स्वर्ण जितिन्।

प्रकाशित: Oct 15, 2022| 12:39 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।