आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय खेलकुदमा कराँतेतर्फका ‘इभेन्ट’हरू आजदेखि

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फका ‘इभेन्ट’हरू आजदेखि पर्वतको कुश्मामा सुरु हुँदै छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फका ‘इभेन्ट’हरू आजदेखि पर्वतको कुश्मामा सुरु हुँदै छन्। 

National life

पर्वत जिल्ला कराँते संघका संयोजक तथा स्थानीय आयोजक समितिका सदस्य राम श्रेष्ठका अनुसार विभिन्न १९ वटा ‘इभेन्ट’ मा हुने प्रतियोगिताको उद्घाटन खेल शनिवार बिहान आठ बजेका लागि तय गरिएको छ। 

पहिलो ‘इभेन्ट’का रूपमा पुरुषको एकल काता हुने भएको छ। शनिबार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ। काताको सेमिफाइनल र फाइनल खेल दिउसो दुई बजेपछि राखिएको छ।

असोज ३० गते बिहान आठ बजेदेखि खेलहरू हुने छन्। जसमा महिला ५५ के.जी, पुरुष ७५ के.जी, महिला ६१ केजी, र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुने छन्। यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो एक बजेपछि सुरु हुने छन्। 

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजीभन्दा तल र पुरुष ८४ केजीभन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुने छन्। यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दिउँसो एक बजेपछि खेलाउने तयारी छ। 

Laxmi sunrise bank
kumari

कात्तिक एक गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’मा खेल हुने छन्। यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउसो एक बजेपछि हुने छन्। 

कात्तिक दुई गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुने छन्। टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल सोही दिन दिउँसो एक बजेबाट सुरु हुने छन्।

प्रकाशित: Oct 15, 2022| 09:07 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।