मंगलबार, फागुन १९, २०८२

ह्यान्डबलको फाइनल आज : गण्डकीलाई पहिलो स्वर्ण जित्ने अवसर

सर्वाधिक पाँच स्वर्ण जितिसकेको त्रिभुवन आर्मी क्लबले जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलको पनि फाइनलमा स्थान बनाएको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा- सर्वाधिक पाँच स्वर्ण जितिसकेको त्रिभुवन आर्मी क्लबले जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलको पनि फाइनलमा स्थान बनाएको छ। 

हिजो भएको सेमिफाइनला खेलमा आर्मीले फाइनलमा स्थान बनाएको हो। आर्मीसँगै गण्डकी प्रदेशले पनि पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ।

गण्डकीले लुम्बिनीलाई ५४-२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो। खेलमा क्रममा गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे।

अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७-२२ ले हराउँदै फाइनलमा स्थान बनायो। एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे।

फाइनल गण्डकी र आर्मीबीच शनिबार (आज) दिउँसो ४ बजे हुनेछ। त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ।

kumari

महिला आर्मी र एपीएफ फाइनलमा पुगे। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश-१ माथि २९-६ को सहज जित दर्ता गर्‍यो। एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन्।

आर्मीले घरेलु टोली गण्डकीलाई २४-९ ले हरायो। आर्मीकी कल्पना ओलीले सर्वाधिक सात गोल गरिन्।


आर्मी र सशस्त्रबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ। त्यसअघि, गण्डकी र प्रदेश-१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ।

प्रकाशित: Oct 15, 2022| 07:22 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।