मंगलबार, पुस २९, २०८२

नवौं राष्ट्रिय खेलकुदः शनिबारदेखि स्क्वास प्रतियोगिता

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्र्तगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ। पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिंह भण्डारीले जानकारी दिए। 

National life

उनका अनुसार बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ विहान ९ बजे उद्घाटन खेल खेल्नेछिन्। उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशगरि कुल ७ टोलीको सहभागिता रहेको भण्डारीले जानकारी दिए।

उनका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ। भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ।

उनले महिलातर्फ खुला (ओपन) प्रतियोगिता हुने बताउदै पुरुषतर्फ खुला तथा टिम इभेण्टमा प्रतिस्पर्धा हुने बताए। ‘महिलातर्फ कम सहभागिता भएको कारण ओपन इभेन्टमात्रै हुन्छ, उनले भने, ‘पुरुषतर्फ भने ओपन र टिम दुवै इभेन्टमै प्रतिस्पर्धा हुनेछ।’

भण्डारीका अनुसार आगामी ३ गतेसम्म सञ्चालन हुने स्क्वास प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। ‘स्क्वासको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्ने प्रारम्भिक कुरा छ, उनले भने, ‘अहिल्यै चाँही फिक्स भइसकेको छैन। तर प्रतियोगिताको अरु सबै कुराको तयारी भइसकेको छ।’ 

Laxmi sunrise bank
kumari

स्क्वास प्रतियोगिता संयोजक भण्डारीका अनुसार यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही  प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन्। स्वर्णपदकधारी द्वय थापामगर दिदी भाई हुन्।


प्रकाशित: Oct 14, 2022| 18:35 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।