आइतबार, भदौ १४, २०८३

राष्ट्रिय खेलकुदमा आजदेखि बास्केटबल सुरु

गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबल खेल आज शुक्रबारदेखि हुँदैछ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबल खेल आज शुक्रबारदेखि हुँदैछ। 

शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच हुने छ। लुम्बीनी प्रदेशले प्रदेश नम्बर १ सँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै समुह ‘बी’ तर्फ मधेश प्रदेश र कर्णाली प्रदेशबीच हुनेछ। 

पोखरा रंगशालामा हुने पुरुष बास्केटबलमा १० टिमले सहभागिता जनाउँदैछन्। जसमा ७ वटै प्रदेश र ३ भिागिय टोली रहेका छन्। 

प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने बास्केटबल सघं कास्कीका अध्यक्ष ध्वज गुरुङले जानकारी दिए। उनले पुरुष बास्केटबल खेलको सम्पुर्ण तयारी पुरा भएको र पहिलो खेल भोलि विहान ७ बजेबाट सरु हुने बताए। 

पुरुष बास्केटलतर्फ विकिपिडीया र थ्री अन थ्री गरी चारवटै विधामा विभिन्न पदककालागि प्रतियोगिता हुँदै छ। 

सहभागीलाई चार समूहमा विभाजन गरिएको छ भने दैनिक चार खेल संचालन हुने छन्। पुरुष बास्केटबलको फाइनल कात्तिक ३ मा हुनेछ। महिला बास्केटबल भने तनहुमा भोलिदेखि नै सुरु हुदै छ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फ बागमती प्रदेशलाई हराउँदै नेपाल आर्मी बिजेता बनेको थियो।

प्रकाशित: Oct 14, 2022| 08:59 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।