मंगलबार, पुस २९, २०८२

नवौं राष्ट्रिय खेलकुद : ह्याण्डबलको सेमिफाइनल समीकरण पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमीफाइनलमा स्थान पक्का गरेका छन्।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमीफाइनलमा स्थान पक्का गरेका छन्।

National life

समूह ए बाट गण्डकी र नेपाली सेनाले अन्तिम ४ मा स्थान बनाएको हो। समूह ए मा गण्डकीले समूह विजेता बन्दै सेमिमा स्थान बनाएको हो। गण्डकी र सेनाको अंक समान भए पश्चात गोल अन्तरका आधारमा गण्डकी समूह विजेता बनेको हो। त्यस्तै, समूह बी बाट सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो। सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थानबनाएको हो।

महिलातर्फ समूह ए बाट एपीएफ र गण्डकी प्रदेश समूह विजेता र उपविजेता बन्दै सेमीफाइनलमा स्थान बनाएका हुन्। अव सेमीफाइनलमा एफिएफले समूह बीको उपबिजेता प्रदेश १ को सामना गर्नेछ भने गण्डकी प्रदेशले समूह बीको बिजेता नेपाली सेनासंग प्रतिस्पर्धा गर्ने भएका छन्।

बिहीबार पोखरा बहुउद्देश्यीय कभर्डहलमा भएको पुरुष ह्याण्डबल प्रतियोगितामा गण्डकी प्रदेश र नेपाली सेनाले बराबरी खेल्यो। गण्डकी र सेनाले २७–२७ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्। गण्डकीका दिनेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ्ग र बासु गुरुङ्ग तथा नेपाली सेनाका यामबहादुर पुन मगर र निर्मल बाबु श्रेष्ठ प्रत्येकले ६-६ गोल गरे।

पुरुषकै दोश्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ४१–१५ गोल अन्तरले पराजित गर्न सफल भयो। कर्णालीका लागि केशव बिष्टले सर्वाधिक १३ गोल गरे। पुरुषकै अर्को खेलमा सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशलाई ३५–१९ ले पराजित गर्‍यो। एपिएफका सुरेश आले मगरले ११ गोल गरे।

Laxmi sunrise bank
kumari

महिला तर्फको खेलमा कर्णाली प्रदेशले जित निकाल्यो। कर्णालीले बागमती प्रदेशलाई ५–२ गोल अन्तरले पराजित गरेको हो। कर्णालीकी संगिता सिंहले ४ गोल गरिन्। यस्तै प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ गोल अन्तरले पराजित गर्‍यो। प्रदेश १ की प्रेक्षा कटुवालले ८ गोल गरिन्। महिलाकै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशविचको खेलमा गण्डकीले बाजी मार्‍यो। गण्डकीले ३५–९ को गोल अन्तरले लुम्बिनीलाई पराजित गरेको हो। गण्डकीकी आकृती गुरुङ्गले ७ गोल गरिन्।

प्रकाशित: Oct 13, 2022| 21:05 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।