बिहीबार, कात्तिक १२, २०८३

पुरुष भलिबल भोलिबाट, उद्घाटनमा पुलिस र कर्णाली भिड्ने

गण्डकी प्रदेको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं– गण्डकी प्रदेको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ। शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। यो समूहमा समूहमा रहेको अर्को टोलीमा लुम्बिनी प्रदेश रहेको छ। 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पुरुष भलिबलमा ११ टिमले सहभागिता जनाउँदैछन्। सहभागीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन्।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन्। तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन्। दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन्।

पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ। महिला भलिबल भने म्याग्दीमा बिहीबारबाट सुरु भएको छ।

प्रकाशित: Oct 13, 2022| 14:46 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।