शुक्रबार, असार ५, २०८३

एपीएफको लगातार दोस्रो जित, खराब लयमा गण्डकी

बिहीबार पोखरा रंगशालामा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं–  बिहीबार पोखरा रंगशालामा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ। नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै पूरा गरेर जित निकालेको हो।

National life

घरेलु क्रिकेटमा सधैको उपाधि दावेदार एपीएफको तर्फबाट सिता राना मगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडिन्। इन्दु बर्माले ३ बलमा दुई चौका सहित नौ रन बनाइन्।

यता खराब लयबाट गुज्रिरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो। गण्डकीका कुनै पनि खेलाडीले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन्। श्रृष्टि जैशीले बनाएको ५ रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो।

एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन्। त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले १–१ विकेट लिए। गण्डकीकी श्रृष्टी जैशिले १ विकेट लिइन्।

जितसँगै चार अंक बनाएको एपीएफ ग्रुप ए को शिर्षस्थानमा पुगेको छ। उसले दुवै  खेलमा जित निकालेर ४ अंक जोडेको हो।

Shivam cement

प्रतियोगितामा अहिले मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशविचको खेल भइरहेको छ।

प्रकाशित: Oct 13, 2022| 13:21 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।