शुक्रबार, मंसिर १२, २०८२

रूपन्देही १ मा भुसाललाई साथ दिन ३२ जनाले छाडे एमाले

स्वतन्त्र उम्मेद्वारी दिएका घनश्याम भुसाललाई साथ दिन एमाले प्रदेश कमिटि सदस्यसहित ३२ जनाले एमाले छाडेका हुन्।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

वुटवल- रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारी दिएका घनश्याम भुसाललाई साथ दिने भन्दै दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्य सहित ३२ जना नेता-कार्यकर्ताहरूले एमाले परित्याग गरेका छन्।

National life

एमाले प्रदेश कमिटि सदस्य सनोज कुमार यादव, शैलेन्द्र उपाध्याय, रोहिणी गाउँ कमिटि सचिव ईन्द्रजित कुमार राय सहित ३२ जनाले विहिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

एक विज्ञप्ति जारी गरि पार्टिमा विधि पद्वति भन्दा व्यक्तिवादी र निरकुशता हावी भएकाले सामूहिक राजिनामा दिई स्वतन्त्र रहने घोषणा गरेका छन्। उनीहरूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन्। 

भुसालले बुधबार मात्रै त्रिभुज चुनाव चिन्ह पाएका छन्। भुसालसंग एमाले सचिव छविलाल विश्वकर्मा राप्रपाको सहयोगमा चुनावी मैदानमा छन्। भुसाललाई सत्ता गठबन्धनले सहयोग गर्ने भएको छ।

प्रकाशित: Oct 13, 2022| 12:23 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।