आइतबार, मंसिर ७, २०८२

महिला भलिबलको उद्घाटन खेलमा गण्डकी र सुदूरपश्चिम भिड्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा आज बिहीबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा आज बिहीबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ। 

National life

बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदूरपश्चिम प्रदेश भिड्दैछन्।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नकआउटमा खेलाइने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। 

प्रतियोगिताका लागि सबैजसो टिम अहिले म्याग्दी पुगिसकेका छन्। ‘सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको अवस्था छ,’ जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए।

महिला भलिबलमा १० टिमको सहभागीता रहेको छ। जसलाई चार समूहमा विभाजन गरिएको छ। समूह १ र २ मा तीन/तीन तथा समुह ३ र ४ मा २/२ वटा टिम रहेका छन्। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १६ खेल सञ्चालन हुनेछन्। 

Laxmi sunrise bank
kumari

महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरु समेत सुरु हुदैछन्। प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक ११ टिमका ६१७ जना म्याग्दीमा जाने तय छ।

प्रकाशित: Oct 13, 2022| 11:37 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।