सोमबार, साउन ११, २०८३

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले दियो अनुमति।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं– नाबालिग बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

प्रहरीले लामिछानेलाई बिहीबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए।

२० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई यसअघि अदालतले ७ दिने थुना म्याद दिएको थियो।

सन्दीपविरुद्ध १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै गत २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

लामिछानेमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

गत बिहीबार अमेरिकाबाट नेपाल फर्किनासाथ लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।


प्रकाशित: Oct 13, 2022| 11:26 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।