मंगलबार, फागुन १९, २०८२

हक्की प्रतियोगिता आजदेखि, तयार छैन मैदान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ। तर, मैदान भने अझै तयार भएको छैन। पुरुषतर्फको हेम्जाको गौरीशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ। तर, मैदान भने अझै तयार भएको छैन। पुरुषतर्फको हेम्जाको गौरीशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ।

पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिता जति नजिकिँदै छन् त्यति नै आयोजकलाई भौतिक व्यवस्थापन गर्न हम्मे परेको छ। बिहीबारदेखि औपचारिक सुरुवात हुन लागेको हक्की प्रतियोगिताको लागि बुधबार बल्ल हेम्जाको गौरीशंकर खेल मैदानका घाँस काट्नुका साथै मैदान व्यवस्थापन गर्ने लगायतका काम गरिएको नेपाल हक्की संघको केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले बताए। 

बुधबार राति अबेरसम्म मैदानको घाँस काटिएको र बाँकी आज बिहानैबाट काटिने तथा मैदान मार्किङ लगायतका कार्य हुने उपाध्यक्ष खड्काले बताए। हतारमा व्यवस्थापन गरिएका यस्ता खालका पूर्वाधारमा खेलाडीलाई चोटपटक लाग्ने जोखिम हुने उनी बताउँछन्।

'समयमा खेल मैदान व्यवस्थापन तर्फ सम्बन्धित निकायले ध्यान दिएन', उनले भने, 'मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटाहरू र ससाना ढुंगाका टुक्रा जताततै छन्। खेलाडीलाई कसरी खेलाउने?' स्थानीय निकाय, खेल व्यवस्थापक लगायत सम्बन्धित निकायबीच समन्वय नभएकोले यस पटकको राष्ट्रिय प्रतियोगिता दयनीय भौतिक अवस्थामा गराउन लाग्दा दु:ख लागेको उनले बताए।

kumari

उनले भौतिक पूर्वाधार पर्याप्त नहुँदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकोले चुनौतीका बावजुत पनि कास्कीमै गराउन लागेको उनी बताउँछन्। यता राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक व्यवस्थापन गर्दै गर्दा कुनै प्रतियोगिता अभाव र चुनौतीका बावजुत सञ्चालन गर्न लागिएको स्वीकार गरेका छन्।

गण्डकी प्रदेश आयोजक रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकोले समयमा प्रतियोगिताका लागि पूर्वाधार व्यवस्थापन गर्न आयोजक चुकेको बताए।

'प्रतियोगिताको लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन। मौखिक रूपमा मात्रै बजेटको कुरा भएको छ,' सदस्य गुरुङले भने, 'बजेट नभएकोले हामी यस विषयमा चुकेका छौं।' खेल स्थल छनौट व्यवस्थापन हतारमा भए पनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागि परेको उनले बताए। 

बिहीबारबाट हक्कीमा पुरुष तर्फ नौ टिम र महिलातर्फ सात टिमले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको असोज २८ गते औपचारिक रूपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गतका केही खेल भने सुरु भइसकेका छन्।



प्रकाशित: Oct 13, 2022| 07:44 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।