शनिबार, साउन २, २०८३

काठमाडौंको विकासमा जाइकाले सहयोग गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ-नेपालमा स्थायी सरकार गठन भएसँगै विदेशी दाताहरु पनि नेपालको विकासमा सहयोग गर्न ईच्छुक देखिन थालेका छन् ।  काठमाडौँ महानगरपालिकाको विकासका लागि समेत विदेशी दाताहरुले सहयोग गर्न आफूहरु तयार रहेको भन्दै चासो व्यक्त गर्न थालेका छन् । 

जापान ईन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाईका) का नेपाल प्रमुख साखूमा जूनसहितको टोलीले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरी महानगरपालिकाको विकासका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका हुन् ।  

उनीहरुले शाक्यसँग भेट गरी काठमाडौँ महानगरपालिकाको फोहोर–मैला व्यवस्थापन र ट्राफिक व्यवस्थापन, विभिन्न नदीको पानी प्रशोधनलगायतका क्षेत्रमा आफूहरु सहकार्य गर्न तयार रहेको बताए । 

मेयर शाक्यकै कार्यकक्षमा करीब २ घण्टा कुराकानी गरेको जूनको टोलीले नेपालमा अहिले स्थायी सरकार बनेको भन्दै आफूहरु दीर्घकालिन सहयोगका लागि उत्साहित भएको बताएका थिए । 

‘हामी काठमाडौँ महानगरपालिकासँग दीर्घकालिन सहकार्य गरेर जान इच्छुक छौँ,’ भेटका क्रममा जूनले भने, ‘महानगरपालिकाको फोहोर-मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विभिन्न नदीको पानी प्रशोधनलगायतका कुरामा हामी सहकार्य गर्न चाहन्छौँ । यसका लागि केन्द्रीय सकारसँग पनि छलफल गर्न चाहेका छौँ ।’

जूनले आफ्ना भनाई राखेपछि मेयर शाक्यले पनि जाईकासँग राम्रो प्राविधिक टीम रहेको भन्दै महानगरको विकासमा सहकार्य आफूहरु पनि तयार रहेको बताए । 

‘नयाँ संविधान जारी भएसँगै नेपालमा स्थायी सरकार बनेको छ,’शाक्यले भने,‘हामीलाई जापान जस्तो अनुभवी प्राविधिक टीमको सहकार्य मञ्जुर छ । तर, त्यसका लागि निरन्तर छलफल आवश्यक छ । तपाईँहरुले पनि आफूहरुले के कुरामा र कति, कसरी सहयोग गर्न चाहनु भएको छ । प्रष्ट खाका बनाएर ल्याउनुहोला ।’ 

शाक्यले राष्ट्र र महानगरको हितमा हुने सहयोगको खाका जाइकाले दिएको खण्डमा आफू केन्द्रीय सरकारसँग पनि छलफल गर्न तयार रहेको जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।