बुधबार, जेठ ९, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • सम्झनाको पहिलो अर्धशतकबाट निकालेको जितसँगै पुलिस शीर्षस्थानमा

सम्झनाको पहिलो अर्धशतकबाट निकालेको जितसँगै पुलिस शीर्षस्थानमा

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन्। यो जितसंगै पुलिस क्लब आफ्नो समूहको शिर्षस्थानमा उक्लिएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

पोखरा- पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन्। यो जितसंगै पुलिस क्लब आफ्नो समूहको शिर्षस्थानमा उक्लिएको छ।

triton college

समूह बीमा सम्पन्न दुई खेलमध्ये पुलिसले दुवैमा जित हाँसिल गर्दै ४ अंक जोडेको छ। बुधबारको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकालेको हो।

पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा १ सय ५८ रनको योगफल तयार पार्दा प्लेयर अफ द म्यान समेत चुनिएकी सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरिन्।

४३ बलको सामना गरेकी सम्झनाले १० चौकाप्रहार गर्दै ६० रन जोडेकी हुन्। पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाए।

प्रदेश १ को वलिङमा निशा शाहले १ विकेट लिइन भने पुलिसका दुई खेलाडी रन आउट भएका थिए । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो। जसमा कप्तान सनु राजबंशिले ११ रनको पारी खेलिन्। पुलिसको बलिङतर्फ हिरनमयी रोयले ३, सबनम राई, कविताकँुवर र कविताजोशिले समान एक एकविकेट लिए।

corrent noodles
Metro Mart

बुधबारको अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ। प्हिला ब्याटिङ गरेको लुम्बिनीले पुरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २७ रन बनएको थियो। लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१, सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिन्। कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिइन्।

जितका लागि १ सय २८ रन पछ्याएको कर्णाली २३ रनमै समेटियो। कर्णालीले ८ ओभर तीन बलमै सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्नपुग्यो। लम्बिनीको बलिङमा प्लेयर अफ द म्याच मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन्। त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिताभुषालले १ विकेट लिए। जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ। 

प्रतियोगिताअन्तर्गत बिहीबार नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशविच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिमप्रदेश विच दोश्रो खेल हुनेछ।

प्रकाशित: Oct 12, 2022| 21:51 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।