मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फेन्सिङ्‌मा दुई स्वर्ण जितेपछि बागमती पदक तालिकाको शीर्षस्थानमा

फेन्सिङ्‌मा दुई स्वर्ण जितेपछि बागमती पदक तालिकाको शीर्षस्थानमा

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा तेश्रो दिन (आज) दुई स्वर्ण हात पारेको छ। योसहित ४ स्वर्ण जितेको बागमती पदक तालिकामा अग्रस्थानमा रहेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा तेश्रो दिन (आज) दुई स्वर्ण हात पारेको छ। योसहित  ४ स्वर्ण जितेको बागमती पदक तालिकामा अग्रस्थानमा रहेको छ।

बुधबार पुरुष टिम फ्वईलतर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पुर्‍याएको हो। सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे।

यस्तै आजै सम्पन्न महिलाको सेवर टिम ईभेन्टस्मा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पर्‍याउँदै पदक तालिकामा आफुलाई अग्रस्थानमा पुर्‍याउन सफल भएको हो। बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो। एपीएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे।

पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपी तर्फको प्रतिस्पर्धामा सेनाले विजयी हुँदै स्वर्ण हात पारे। सेनाले एपिएफलाई ४५–४० ले पराजित गरेको हो। तेश्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रह्यो।

बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलगायतले पुरस्कार वितरण गरेका थिए।

kumari

प्रकाशित: Oct 12, 2022| 20:00 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।